मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा दिनेश रोकामगर पुनः निर्वाचित

टुडे पोखरा संवाददाता
0Shares

नेपाल मगर विद्यार्थी संघ कास्कीको १७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा दिनेश रोकामगर निर्वाचित हुनुभएको छ । यसअघि समेत अध्यक्ष रहेका रोकामगर पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन्। ‘वैज्ञानिक, व्यवहारिक, बहुभाषिक शिक्षा प्रणालीका लागि हाम्रो आन्दोलन, एकीकृत मगरात स्वायत्त प्रदेशका पक्षमा १७ औं जिल्ला अधिवेशन’ भन्ने मूल नाराका साथ शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः तुल्सी पुनमगर, प्रेम बुढामगर, डेग पुनमगर र देवी रोकामगर सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी, सदस्यहरूमा चेत पुनमगर, हिरा पुर्जामगर, शान्ति पुर्जामगर, रुपा रानामगर, राजीव थापामगर, सुरज थापामगर, शर्मिला आलेमगर, तृष्टा थापामगर, भूमिका पुनमगर, सन्ध्या जुग्जालीमगर, खममाया घर्तीमगर, कविता घर्तीमगर, प्रमिला श्रीसमगर, पुकार आलेमगर, मनिषा पुनमगर, दुर्गा पुनमगर, खिमा फगामीमगर र वसन्ती आलेमगर रहका छन् ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय संगठन सचिव तेजबहादुर रानामगरले मगर विद्यार्थीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो भाषा, संस्कृतिसहितको पहिचान संरक्षणका लागि मगर विद्यार्थीहरू जाग्नुपर्छ’, रानामगरले भन्नुभयो, ‘अहिले हामी सेलाएजस्तो भएका छौं, अब पुनर्जागृत भएर अघि बढ्नुको विकल्प छैन ।’

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको पहिचानको आन्दोलनमा मगर विद्यार्थीहरूले महŒवपूर्ण भूमिका खेलेको भन्दै मगर समुदायमा शैक्षिक एवं राजनैतिक जागरण ल्याउन मगर विद्यार्थीहरूले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘विगत दुई दशकदेखि मगर विद्यार्थीहरू संगठित भएका हुन्’, रानामगरले भन्नुभयो, ‘मगर विद्यार्थीहरू सक्रिय भए मात्र समाजलाई रुपान्तरण गर्न सकिन्छ र मगर समाजको समृद्धि सम्भव छ ।’

नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले मगर विद्यार्थीहरूले मगर समुदायमा शैक्षिक जागरण फैलाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोकामगरले राज्यका हरेक निकायमा मगर जातिको प्रतिनिधित्व र पहुँच हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगर र उपाध्यक्ष तुल्सी पुनमगरले स्वागत गरेका थिए ।

हाम्रो फेसबुक पेज

हाम्रो युट्यूब च्यानल