मगर चलचित्रमा प्रविधिको विकाससँगै मगर चलचित्रमा पनि यसको विकास गर्न आवश्यक भएको मध्य नजर गरि मंसीर १७ गते आयोजना स्थानमा पुग्ने र १८ गतेदेखि मगर चलचित्रकर्मी संघ र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा तनहुँको राना होम स्टेमा ५ दिने क्यामरा तालिम राखिएको छ । जसको लागि लुज सिंह मुख्य प्रशिक्षक आउने भएका छन ।
र, यस तालिमको लागि मगर चलचित्रकर्मीहरु जो क्यामरामा रुचि राख्दछन् र यस क्षेत्रमा केही गर्ने साथै काम गरिरहेका मगर व्यक्तिहरुलाई आफ्नो क्षमता बढाउन प्रशिक्षण लिनको लागि आव्हान गरिएको छ । यसको लागि प्रशिक्षार्थीहरुको लागि रु। ३ हजार तालिम शुल्क तोकिएको छ ।
आफुले प्रयोग गर्ने क्यामरा आफै ब्यवस्था गर्नु पर्ने छ । तालिम ५ दिन सम्म संचालन हुने छ । मगर चलचित्रकर्मी अन्य क्यामरा चलाइरहेका वा चलाउन रुची राख्ने हरुले अध्यक्ष र महासचिव हरु संग युवराज मास्की राना मगर अध्यक्ष० ९८५१०३८९४३हिमाल पुन महासचिव० ९८४१२४७०४३ सम्पर्क गरी नाम टिपाउन र जानकारी लिन सकीने संघका उपाअध्यक्ष , चलचित्रमकमी मेजन पुन ले बताए ।
Leave a Reply