भेजा डकुमेन्ट्रीमाथी पोखरामा बहस

0Shares

छवि मगर
पोखरा, ६ कात्र्तिक ।

मगर समुदायमा प्रचलित भेजा (गुठ) बारे बनेको डकुमेन्ट्रीमाथी पोखरामा बहस गरिएको छ ।
पोखरा न्यूरोडस्थित स्माइल क्याफेमा भएको बहस कार्यक्रममा सहभागीले डकुमेन्ट्रीमाथी आआफ्ना विचार राखेका थिए ।
साहित्यकार फुलकुमारी थापामगरले मगर समुदायले एक वर्षका कामदारको ज्याला, मासु, लगायतको मुल्य निर्माण गर्ने र असाहयलाई सहयोग गर्न बनाईने नियमलाई भेजा भनिने बताइन् ।
अर्का साहित्यकार रुद्र सन्देश मगरले आफ्नो गाउँ स्याङ्जा चित्रेभञ्ज्याङमा भेजा सँस्कृति खासै चलनमा नभएको सुनाए ।
कैलालीका गणेश घर्तीमगरले भेजा जस्तै अठार मगरात क्षेत्रमा कचहरी बस्ने चलन रहेको बताए ।
पत्रकार एवं लेखक मनोज घर्तीमगरले समाजशास्त्रीय दृष्टिकोणले हेर्दा नेवारको गुठी, थकालीको ढिकुटीजस्तै मगर समुदायको भेजा प्रथा भएको बताए । उनले मगर समुदायमा भेजा अहिलेको सहकारीजस्तो भए पनि यो प्रथा अहिले व्यापक रुपमा प्रचलन नभएकाले यसलाई ब्यूँझाउन जरुरी रहेको सुझाव दिए ।

बहसमा पर्यटन व्यवसायी फरेन्द्र थापा, विद्यार्थी विवेक थापा लगायतले पनि बोलेका थिए । डकुमेन्ट्री निर्देशक मेजन पुनमगरले मगर समुदायसँग सम्बन्धित यस्तै विषयवस्तुमाथी आगमी दिनमा पनि छलफल गरिने बताए । निर्देशक मेजनका अनुसार मंसिर ४ गते शनिबार सोरठी सम्बन्धी बहस गरिनेछ भने उक्त कार्यक्रम उदिम मिडिया प्रालिको व्यवस्थापनमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *