भूतपुर्व खेलाडी मंच द्वारा सम्मान, पत्रकार दौड हुने

नेपाल भूतपुर्व खेलाडी मंचले नेपाल सरकारले हालै विभुषित गरेका मध्ये मंचका आजिवन सदस्यहरुलाई सम्मान गरेको छ । मंचको सम्पन्न दोश्रो पूर्ण बैठकमा मंचका आजिवन तथा सल्लाहकार सदस्य समेत रहेका अशोक पालिखे, मंचका सहकोषाध्यक्ष महेश पौडेल तथा फोटो पत्रकारिता पुरुस्कार प्राप्त गर्न सफल फोटो पत्रकार मंचका आजिवन सदस्य स्ुर्दशन रंजितलाई सम्मान गरेको हो ।

मंचका अध्यक्ष तेज गुरुङ्गको अध्यक्षतामा वसेको वैठकले अन्तराष्ट्रिय ओलोम्पिक दिवश जुन २३ अर्थात असार ९ गते पोखरामा महिला तथा पुरुष पत्रकार दौडको आयोजना गर्ने भएको छ । ५ किलोमिटर दौडमा प्रथम हुनेले नगद ७, दोश्रोले ५ र तेश्रोले ३ हजार प्राप्त गर्ने जनाइएको छ । महिला संचारकर्मी समेत उक्त दौडमा सहभागी हुन कम्तिमा २५ जनाको संख्या हुनु पर्ने मंचका महासचिव खेम गुरुङ्गले वताए ।

यसका लागि विभिन्न महिला संचार संस्था तथा पत्रकार महासंघ कास्की संग समेत आवश्यक पहल गरिने उनले वताए । नेपाल सरकारले नेपालको राष्ट्रिय खेलका रुपमा भलिवल खेललाई छनौट गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ ।