भिमकाली कपमा डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित

टुडे पोखरा संवाददाता
0Shares

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।

पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो ।प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।

त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले पसगाउँ फुटबल क्लबले पाखा लागायो ।प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १÷१ गोल गरे ।प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।

त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।