हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भारतको हिमान्चल प्रदेशस्थित धोमडी खेल मैदान नारकाण्डामा हरितालिका तीज विशेष–२०८० कार्यक्रम हुने भएको छ ।
नेपाली सेवा समाज नारकाण्डाले गत वर्ष झै यस वर्ष पनि नारकाण्डामा रहेका महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै मनाउन कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष रबि गिरीले बताए ।
कार्यक्रममा नेपालबाट जाने वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक छवि घर्ती मगर, लोक गायक मिलन सापकोटा तथा लोक दोहोरी गायिका रेणु राणा मगरले आआफ्ना प्रस्तुतिबाट भरपुर मनोरञ्जन दिने अध्यक्ष गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार तीज विशेष–२०८० कार्यक्रममा टीका जैसी, र आसमी सुनामको नृत्यले कार्यक्रममा थप मनोरञ्जन दिनेछ भने हिमान्चली कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।
तीज विशेष–२०८० कार्यक्रमको प्रमुख अतिथि नारकण्डाका पुर्ब नगर पंचायत सचिब
हरि कपुर रहने तय भएको छ । कार्यक्रमको संचालन रतन शाही ठकुरी गर्नेछन् ।