भानुभक्त राष्ट्रका अमुल्य निधि– प्रदेश प्रमुख कुँवर

भानुभक्त राष्ट्रका अमुल्य निधि– प्रदेश प्रमुख कुँवर
0Shares

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आइतबार पोखराको फूलबारीस्थित भानुपार्कमा गरेको कार्यक्रममा उनले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा बताए ।

भाषा र संस्कृति राष्ट्रियताको जगेर्नाका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गदै उनले यिनीहरूको संरक्षणका माध्यमबाट राष्ट्रियतालाई अझै मजबुत बनाउन सकिने सुनाए ।
‘मातृभूमीका लागि विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुनुहुन्छ’ उनले भने, ‘भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान हामी सबैका लागि प्रेरणादायी छ, तनहुँमा जन्मे पनि उहाँ तनहुँ मात्र नभई गण्डकी प्रदेश अनि राष्ट्रकै अमूल्य निधि हुनुहुन्छ ।’

गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले नेपाली नेपाली भाषाको श्रृबृद्धिमा भानुभक्तले ठूलो योगदान पु¥याएको बताए । प्रतिष्ठानका अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भानुभक्तको योगदानको कदर गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा भानुभक्तको पूर्ण कदसहितको सालिक र पार्कलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी गराए ।

प्रतिष्ठानका महासचिव अम्बिकाप्रसाद भट्टराईले नेपाली भाषामा रामायणको अनुवादका साथै भानुभक्तले रचना गरेका विभिन्न कृतिका जगमा नेपाली भाषा साहित्य वर्तमान अवस्थासम्म आइपुगेको विचार राखे ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले भानुभक्तीय रचना वाचन, प्रतिष्ठानका कोषाध्यक्षले भानुभक्तको सम्झानामा गीत प्रस्तुत गर्नुका साथै भानु मार्ग आमा समूहकी अध्यक्ष मिठु गुरुङले भानुभक्तको योगदानबारे बालेकी थिइन् ।

कार्यक्रममा प्रदेश प्रमुख कुँवर, प्रदेश प्रमुख सचिव बस्याल, प्रतिष्ठानका अध्यक्ष सरुभक्त लगायतले भानुभक्तको पूर्ण कदको सालिकमा माल्र्यापण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *