बौद्ध अर्घौ सदनमा बुद्ध र आधुनिक चित्रकला कार्यशाला

0Shares

चित्रकला मार्फत बुद्धको सन्देश फैलाउन पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनले आफ्नै परिसरमा बुद्ध र आधुनिक चित्रकला २०७३ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

विश्व शान्तिका लागि बुद्धवचन अपरिहार्य भएकाले चित्रकारहरुभित्र निहित शिर्जनाशिलताको माध्यमबाट वुद्ध वचनलाई फैलाउन बौद्ध अर्घौ सदनले ३ दिने कार्यशाला गरेको हो ।
चित्रकला कार्यशालाको उद्घाटन गर्नुहुदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम चित्रकला विभाग प्रमुख प्राज्ञ रमेश श्रेष्ठले नेपाली कलाको इतिहासमा यो कार्यशाला उल्लेखनिय हुने बताउनुभयो । उहाँले बुद्ध र बुद्धवचनलाई रङ्गहरुका माध्यमबाट विश्व शान्तिका पक्षमा समर्पित गर्नु नै यो कार्यशालाको मूख्य उद्धेश्य भएकोे बताए ।
कार्यशालामा नेपालका प्रसिद्ध कलाकारहरु–यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठ, श्रीजन राजभण्डारी, भाईराजा महर्जन, विनोद प्रधान, मुकेश श्रेष्ठ, पकबहादुर थापा, उमेश श्रेष्ठ, इशान परियार, किशोर नकर्मी, सन्दीप न्यौपाने, सूर्य बराईली, सबित डंगोल, मनोज तामाङ्ग, थमन सुनार, झविन्द्र गुरुङ्ग, गोपाल दराई, देवेन्द्र गुरुङ्ग, नरेश सैंजु, जीवन राजोपाध्याय गणेश जि.सी सहभागीता रहेको थियो । कार्यशालामा बुद्धसँग सम्बन्धित ४५ वटा चित्रहरु तयार गरिएको थियो ।

कार्यशालको शुभारम्भ बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ्गले सदनले पुर्याउदै आएको सेवा, सदनको गतिवीधि र व्यवास्थापनको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सदनको अहिलेकोे गोल्ड प्रोजेक्टको रुपमा रहेको नयाँ गुम्बा निर्माणको लागि चित्रकला कार्यशालाले थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।सोमवार कार्यशाला समापनसँगै अध्यक्ष क्या. गुरुङले कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र वितरण तथा धन््यवाद ज्ञापन गर्नुभएको भने उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र सचिव मोतीप्रसाद गुरुङले खादा लगाएर सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *