बैंकहरुको मनोमानीविरुद्ध होटलकर्मी राष्ट्रबैंकमा

Today Pokhara
0Shares
 प्रवाहित कर्जामा बैंकहरुले मनोमानी रुपमा ब्याज बढाउँदा पर्यटन लगायत उत्पादनमुलक क्षेत्र हतोत्साही हुने अवस्था सिर्जना भएको पोखराका होटलकर्मीहरुले गुनासो गरेका छन् ।
बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउँदा होटल क्षेत्रको लगानी बढी मारमा परेको गुनासो सहित

ø;Amar Adhikari, Deputy Director, NRB Pokhara.

पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली सोमबार नेपाल राष्ट्र बैंक पोखरा पुगेको थियो । संघको टोलीले नेपाल राष्ट्र बैंक पोखराका डिपुटी डाइरेक्टर अमर अधिकारी लगायतका अन्य अधिकारीहरुसँग छलफल गरी लगानी र ब्याजका सम्बन्धमा पर्यटन क्षेत्रले भोग्नु परेका समस्याका बारेमा अवगत गराएको संघका अध्यक्ष  विकल तुलाचनले जानकारी दिए ।

नियमनकारी निकाय र स्थानीय क्षेत्रको अभिभाव बैंक भएका नाताले आफूहरु व्यवसायीले भोग्नु परेका समस्याका बारेमा अबगत गराउन राष्ट्रबैंक पुगेको उनले सुनाए । बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउँदा लगानीकर्ता र बैंकको सम्बन्धमा नै चिसो सिर्जना हुने अवस्था आइलागेको उनले बताए ।सो अवसरमा बोल्दै संघका महासचिव गणेशराज पहारीले व्यवसायीलाई बैंकले दिएको ओभर ड्राफ्ट (ओडी) को सिलिङ एक्कासी घटाउन लगाएर समस्यामा पारेको बताए । खर्च गरिसकेको रकम अहिले आएर ओडीको सिमा घटाइदिंदा अपुग रकम कहाँबाट कसरी ल्याएर पुर्ति गर्नु, उनले प्रश्न गरे ।
संघका सचिव राजेन्द्र ढकालले बैंकहरुले ब्यसायी माथि कसाइको जस्तो व्यवहार गरेको आरोप लगाए । सस्तो ब्याजदरमा निक्षेप संकलन गर्ने अनि थोरैमा सात प्रतिशत दरमा कर्जा प्रवाह गरी एकतर्फी रुपमा त्यसलाई अहिले दोब्बर अर्थात् १४ प्रतिशत पुर्याउनु– यो ज्याजदी भयो, उनले भने । क्यास क्रन्चको नाममा बैंकहरुले तीन महिना कुर्नुको सट्टा एक्कासी ब्याज बढाउनु अनैतिक भएको भनाई उनको थियो  ।
पर्यटन व्यवसायी सन्तोष पोखरेलले ब्यबसायीहरु समस्यामा पर्दा राष्ट्रबैंक मुकदर्शक भएर बस्न नमिल्ने बताए । बैंकहरुको मनोमानी विरुद्ध राष्ट्र बैंक खरो उत्रनुपर्ने भनाई उनको थियो  । आबश्यक पर्दा ब्याज बढाउन सकिने छ भन्ने व्यहोराको कागजमा ऋणीले गरेको हस्ताक्षरमा टेकेर लगानीकर्ता बैंकले दोब्बर ब्याज बढाउँदा ब्यबसायी मर्कामा परेको भनाई उनले राखे ।
नेपाल राष्ट्र बैंक पोखराका डिपुटी डाइरेक्टर अमर अधिकारीले अहिले देखिएको समस्या तरलताको नभई लगानी योग्य रकमको अभाव भएको बताए । राष्ट्र बैंकले बैंकहरुका लागि एउटा निश्चित दायर तोकिदिने तर ऋणि र बैंकविच भएका लगानी सम्बन्धी सम्झौतामा हस्तक्षप गर्ने नगरेको बताए । ब्यवसायीले अहिले भोग्नु परेका समस्या राष्ट्र बैंकको केन्द्रिय नीति निर्माण तहमा आफूहरुले पुर्याउने प्रतिबद्धता पनि उनले सुनाए ।  छोटो अन्तरक्रिया कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्य दीपक श्रेष्ठ र राजु थकाली लगायतको सहभागिता थियो ।