बैंकक जान लागेका मुआथाई खेलाडीलाई बिदाई

थाइलैण्डको बैंककमा हुन लागेको ‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुआथाई च्यम्पियनसिप’मा सहभागिताका जनाउन नेपालको प्रतिनिधित्व गर्दै पोखरा बाट खेलाडी सहितको टोली शुक्रबार त्यस तर्फ प्रस्थान गरेको छ ।

बिश्वविद्यालय स्तरिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन हिँडेको मुआथाई टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, मुआथाई कास्की जिल्लाका अध्यक्ष अब्राहम खान लगाएतले बिदाई गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष एवम नेपाल मुआथाईका कोषाध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार रहेका छन ।

यसै गरि खेलाडी रुपक नेपाली ७३ किलोग्राम क्याटोगरी, भुपेन्द्रथापा ६५ किलोग्राम, मन्दिप थापा ७५ प्लस, कुमार थापा ५५ किलोग्राम क्याटोगरीमा प्रतियोगितामा प्रतिष्पर्धा गर्नेभएका छन । टोलीको अफिसियलमा अजय पराजुली र सूजन क्षेत्री रहेका छन भने रेफ्रीमा बिबेक कार्की र बिजय गुरुङ रहेका छन ।

‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुवाँथाई च्यम्पियनसिप’ साउन ६ देखि १३ गते सम्म आयोजना हुँदैछ । उक्त प्रतियोगितामा ८४ देशको सहभागिता रहने जनाइएको छ ।