छवि मगर
पोखरा, २८ मंसिर ।
पोखराको रामघाटस्थित टासी छ्योइलिङ गोपाल लामा गुम्बामा मंगलबारबा भएको बुद्ध धर्मबारे धार्मिक प्रवचन तथा वाङ (अभिषेक) सुन्न बौद्ध धर्मावलम्बीको भिड लाग्यो ।
९ औ अवतार शरण नायक ग्यावा दोखाम्पा (खाम्टुल रिन्पोछे)ले बुद्ध धर्मका विविध पक्षबारे जानकारी दिँदै धार्मिक प्रवचन दिएका थिए । रिम्पोछेले यो धार्मिक प्रवचन तथा वाङ (अभिषेक) ले मानिसहरुको मनमा करुणा, सदभाव र भाईचारको भावना जागृत हुन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे । रिम्पोछेले तिब्बती भाषामा प्रवचन दिएका थिए भने त्यसलाई नेपालीमा उल्था गरेर सुनाइएको थियो ।
कार्यक्रम बिहान १० बजेदेखी सुरु हुने भनिएपछि बुद्ध धर्मावलम्बीहरु समयमै गुम्बा पुगेका थिए । प्रवचन दिने प्रमुख व्यक्ति खाम्टुल रिन्पोछेको आगमन केही ढिला भएकाले दिउँसो दुई बजेदेखी सुरु भएको आयोजक संस्था योङ्ग ढुक्पा एशोसियसन नेपालका संयोजक टासी ल्हमु शेर्पाले जानकारी दिइन् ।
बुद्ध भगवान जन्मेको नेपालमा बुद्ध धर्म, शिक्षालाई संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गर्न प्रवचन आयोजना गरिएको संयोजक लामाले बताइन् । संयोजक शेर्पाका अनुुसार बुद्ध धर्म र शिक्षालाई गाउँ, बस्तिहरुको कुना काप्चा सम्म फैलाउन यस्ता कार्यक्रमले सहयोग गर्नेछन् ।
पोखरापछि पुस १ गते सिन्धुपाल्चोकको बाखाङ तातोपानीमा, पुस ३ र ४ गते दोलाखाको सुस्पामा पुस ८ र ९ गते धादिङको सेर्तुङमा हुनेछ । यसअघि रिन्पोछेको मुख्य नेतृत्वमा २०७२ साल कार्तिक २९ गते देखि मंसिर ६ गते सम्म ‘ढ्रुक पेकार नेपाल’ (ढ्रुक्पा नेपाल) र ‘लिभ टु लभ इन्टरनेशनल’ ले संयुक्त रुपमा ८ दिने ‘नेपाल पद यात्रा’ कार्यक्रम सिन्धुपाल्चोकमा आयोजना गरेका थिए ।
Leave a Reply