बिरही र इन्द्राको सालैजो बजारमा

टुडे पोखरा संवाददाता
0Shares

आशिष म्युजिक प्रा.लि., काठमाडौँको प्रस्तुति लोक दोहोरी गायक शंकर बिरही गुरुङ र लोक दोहोरी गायिका इन्द्रा गुरुङको नयाँ सालैजो गीत राम्दी पुल पारी भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरिएको छ l

गायिका इन्द्रा गुरुङको जन्म स्थान वालिङ नगरपालिका- ३, सिंगारकोट, स्याङ्जामा करन चैसिरद्वारा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन साइ भिजन प्रा. लि., काठमाडौँका लोकप्रिय निर्देशक प्रकाश भट्टले गरेका हुन् l भिडियो सम्पादन बिष्णु शर्माले गरेको सो गीतमा गुरुङ चलचित्रका नायक खेम गुरुङ र गुरुङ चलचित्रकी नायिका उर्मिला गुरुङको साथमा सिंगारकोटबासि नृत्यांगनाहरुको नृत्य तथा अभिनय हेर्न सकिन्छ l

शंकर बिरही गुरुङ र इन्द्रा गुरुङको आवाज, सालैजोका प्रखर सर्जक राजु गुरुङको लय र शंकर बिरही गुरुङको शब्दले सजिएको गीतको एक अंश यस्तो छ :

राम्दी पुल पारी मायाको गाउँमा सालैजो रोधी बस्न हिनेको

कुसुमे रुमाल मायालाइ चिनो सालैजो स्याङ्जामा किनेको,

रुमाल चिनो स्याङ्जामा किनेको, मायालुलाइ सम्झना दिनेहो

मैदानै माथि लाँकुरी रुख सालैजो पात खायो किराले

दिनमा भोक छैन रातमा निँद छैन सालैजो मायाकै पिरले

लाँकुरीको पात खायो किराले, भोक निँद छैन मायाकै पिरले

माया प्रेमलाई नै मुख्य बिषय बस्तु बनाएर लेखिएको गीतमा संकलक शंकर बिरही गुरुङले गीतमा राम्दी पुल, स्याङ्जा, मार्सी धान, लाँकुरी, बेसी, जुनकिरी जस्ता शब्दहरु प्रयोग गरि मौलिकता झल्काउने प्रयास गरेका छन् l

मालश्री रेकर्डिङ् स्टुडियो प्रा. लि. काठमाडौँ र डिजिटल स्टार रेकर्डिङ् स्टुडियो प्रा. लि., पोखरामा राजेन्द्र बाजुराली र तारानाथ आचार्यद्वारा रेकर्डिङ् गरिएको यस गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् भने ध्वनि सम्पादन खडग बाजुरालीले गरेका हुन् l गीतका गायक शंकर बिरही गुरुङ लामो समय देखि नेपाली लोक दोहोरी गीति क्षेत्रमा लागि आएका गायक हुन् जो हाल राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीका अध्यक्ष छन् l

त्यसैगरी गायिका इन्द्रा गुरुङ पनी लामो समय लोक दोहोरी क्षेत्रमा लागेकी गायिका हुन्, उनि हाल राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीकी सदस्य छिन l

https://www.youtube.com/watch?v=4GJQrz-Ux7w