बिटी कपमा बुधवारदेखि दोश्रो चरणको खेलहरु हुने

टुडे पोखरा संवाददाता
0Shares

पोखराको टुडिखेल मैदानमा जारी दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा बुधबार बाट दोश्रो चरणको खेलहरु हुने भएको छ । मंगलबार सम्पन्न पहिलोचरण अन्तर्गतका ९ वटा खेलहरु सम्पन्न भएका छन । बुद्धटोल युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको बिटी कपमा मंगलबार सम्पन्न पहिलो खेलमा भिमकाली युवा क्लवले नदीपुर फुटवल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भयो । दोश्रो खेलमा शितल ज्योती फुटवल क्लवले स्वस्तिक नेपाल फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । तेश्रो खेलमा पोखरा स्पोर्टसले रञ्जन मेमोरियल १६ लाई २–० गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश गर्न सफल भयो ।

चौथो खेलमा लेकसाइड फुठटवल क्लवले ढुंगेपाटन फुटवल क्लवलाई २–१ गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश ग¥यो । पांचौ खेलमा एस वाई सि तनहुले बिटी जुनियरलाई ४–१ गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश गर्न सफल भयो । छैठौ खेलमा सविन मेमोरियलले हेम्जा ११ लाई १–० गोल अन्तरले पराजित ग¥यो । सातौ खेलमा संगम फुटवल क्लवले पिटी युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश ग¥यो । आठौ खेलमा शुक्लागण्डकी भ्याली फुटवल क्लवले लम्जुङ फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भयो भने अन्तिम खेलमा दिप युनाइटेडले मिरुवालाई ४–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश ग¥यो । दोश्रो चरणको खेल अन्तर्गत बुधवार ८ वटा खेल हुने आयोजकले जनाएको छ ।