बाटुलेचौरमा ४५ दिने आधारभुत ब्युटिसियन तालिम

पोखरा लेखनाथ महानगरपालिका वडा नं.१६को आयोजनामा संचालित ४५ दिने आधारभुत ब्युटिसियन तालिमको शुक्रबार समापन गरिएको छ ।

तालिमको समापन गर्दै प्रदेश नं. ४ की माननिय सांसद एंव सौन्दर्यकर्मी मिना कुमारी गुरुङले महिलालाई व्यावसायीक र आत्मनिर्भर बनाउनका लागी यस्ता प्रकारका तालिमहरु फलदायी हुने विश्वास व्यक्त गरिन् । साथै उनले तालिममा सिकेका कुराहरुलाई व्यवावहारिक रुपमा प्रयोग गर्न सहभागीहरुलाई सुझाईन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले हरेक महिलाहरु आफ्नो सिप विकास गर्दै व्यावसायीक र उद्यमशिल बन्नु पर्ने आवाश्यकतामा जोड दिदै आर्थोपार्जनमा लाग्नु पर्ने बताए ।

उनले वडामा रहेका महिलाहरुलाई शसक्तिकरण गर्दै संगठित रुपमा सामाजिक रुपान्तरका खातिर आत्मनिर्भरताको अभियानमा जुट्न आग्रह समेत गरे । सिप विकास अर्थोपार्जनको पहिलो खुड्किलो भएकामा जोड दिएका उनले आवाश्यक सहयोग एंव सहजिकरणका लागी वडा कार्यालय प्रतिवद्ध रहेको समेत बताए ।

तालिम निकै प्रभावकारी र फलदायी भएको बताएका तालिमका सहभागीहरुले ४५ दिन सम्म सिकेका कुराहरुलाई व्यावहारमा उतार्ने बताएका छन् । साथै यस्ता प्रकारका कार्यक्रमहरु निरन्तर जारी राख्न समेत आग्रह गरेका छन् ।

वडा सदस्य एंव तालिमकी संयोजक विष्णुदेवी नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यलय सहयोगी बसन्त भट्टराई र संचालन वडा सचिव हरिकृष्ण आचार्यले गरेका थिए ।

वडा कार्यलयको महिला शसक्तिकरण कार्यक्रम अनुसार बाटुलेचौरमा संचालित उक्त तालिममा ४१ जना सहभागीहरुले सक्रिय सहभागीता जनाएका थिए ।