बाँकेमा सामाजिक जवाफदेहिता तालिम सुुरु

मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र (हरप्लेस) बाँकेको आयोजनामा नेपालगन्जमा सामाजिक जवाफदेहिता २ दिने तालिम आज देखि शुुरु भएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र (हरप्लेस) ले आफना कार्य क्षेत्र चार जिल्ला रुकुुम, रोल्पा, प्युुठान र सल्यानका १६ जना युुवाहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुबारे तालिम प्रदान गरिने हरप्लेसका प्रोगाम म्यानेजर टेक बहादुुर रानाले बताउनुु भयो । तालिमका सिकेका जवाफदेहिताका औजार सिके पछि स्थानीय तहमा गएर समुुदायमा रहेका सरकारी कार्यालय, शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रले प्रवाह गर्ने सेवा सुुविधाका बारेमा स्थानीय नागरिकलाई जानकारी गराउने युुवाले बताए । सो कार्यक्रममा एफएचआई ३६० का कार्यक्रम उपप्रमुुख सजना महर्जनले पारस्परिक जवाफदेहिता परियोजनाको उद्धेश्य बारे प्रष्ट पार्नुु भएको थियो ।
सो कार्यक्रममा बाँकेका प्रमुुख जिल्ला अधिकारी रमेश कुुमार केसीले स्थानीय तहबाट नै अधिकारको प्रवद्र्धन हुुनुु पर्ने र आफनो कर्तब्यको पालना समेत गर्नुु पर्ने बताउनुु भयो । सुुशासन बलियो भने लोकतन्त्रमा जवाफदेहिता र उत्तरदायी प्रवद्र्धन हुुने केसीले बताउनुु भयो । मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र (हरप्लेस) बाँकेका प्रोगाम म्यानेजर टेक बहादुुर रानार नेपालका कार्यक्रम अधिकृत दिपेस सायमीले प्रशिक्षण दिनुुभएको छ । सो कार्यक्रम मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र (हरप्लेस) बाँकेका सदस्य दिपकमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *