बाँकेको खजुरामा सिमली छायाँ

छवि मगर
बाँकेको खजुरामा मगलबार जनगायक जीवन शर्माले आप्नो प्रस्तुति दिएका छन । उनले आधा दर्जन गित गाए । सिमली छायाँमा बसी भरीया लामो सास फेरेको गित बाट आप्नो प्रस्तुति दिन शुरु गरेका शर्माले मदेशि पहाडी हिमालमा हिमाली, झरनाको चिसो पानि, देश जान थाल्यो टुक्क्रा टुक्क्रा परेर लगाएतका जनबादी गित गाएर उपस्थित दर्शकको मन जितेका छन । लोक आधुनिक गायिका तृप्ती खडकाले महोत्सबमा धमाका मच्याइन ।

गायिका खड्काले दोहोरी गित र आधुनिक गित गाएर दर्शकको तृष्णा मेटाइन । अर्कि लोक तथा दोहोरी गायिका करिष्मा घर्तिले लाइभ दोहोरी गाएर दर्शक नचाइन । महोत्सबमा मगलबार डान्स आइडल तर्फ दुई जना फाइनल राउण्डमा गएका छन ।

निशु थापा र मोनिका मगर फाइनल राउण्डमा गएका हुन । स्थानिय कलाकारले थप मेलालाई आर्कषक बनाएको प्रसार प्रचार समितिका सम्योजक तिलक गाउलेले बताएका छन । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भ
न्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मीलाइएको छ ।

आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारका अनुसार बुधबार लोक तथा दोहोरी गित गायक एव लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पगेनिले लगाएतका केन्द्रिय तथा स्थानिय कलाकारले आफ्नो प्रस्तुती दिने बताए ।