बलिराजाले तिहारमा भैलो खेल्न किन पठाए ?

330Shares

मनोज घर्तीमगर
दिदी बहिनी दाजु भाईको मिलनको चाड तिहारको रमाईलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाईकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसीरे घन्काउँदै सामूहिक रुपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथी घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठा’को भन्ने गरिन्छ ।

साँच्चै को थिए बलि राजा रु कुन मुलुकका हुन् रु अनि के संङकट परयो रु नेपालमा गणतन्त्र घोषण हुँदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई रु कुन जुगका थिए ती रु कि जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ रु हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन ।

भैली खेल्दा किन बलिराजाले पठाको भनिन्छ ?
हे भन भन भाई हो फाईलो (भईलो–भैलो)
हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो)
हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो)
बलिहाङको (मगर भाषामा हाङको अर्थ राजा हुन्छ ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको चौधौं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तितशाली राज्यको स्थापना गरेका थिए (राजाराम सुवेदी, २०६३, ८–९० ) उनको राज्यको सिमाना मगरातदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडि राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रुपमा बलिराजाले शासन गरेका थिए ।

पश्चिमाञ्चल मगरात क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा सँस्कृतिविद, इतिहासकारहरुले लेखेका छन्, ‘बलिहाङ राना मगर ‘बलिराजा’न्यायप्रेमी , धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्,‘जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कात्तिक महिनाको औसीको रातमा हुँदैछ ।’

यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ रु’ त्यसपछि राजाले भने,‘मलाई लिन काल आउ“दा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरि फकाउन सक्यौ भने म बाँच्न सक्छु ।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउँदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै फाईलो–फाईलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो बातावरण्नले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।

जनताले कालदेखि बचाउँदा भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ती बालेर मिठो मसिनो खाए । आआफ्नै घरमा भएका दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाईलो गरे । उमङगको खुसीयाली साट्दै फाईलो–फाईलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाईलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ ।

बलिराजाको दिर्घायुको कामना गर्दै त्यही बेलादेखि द्यौसी भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा निकै लामो नाँच सोरठी (ठूलो नाँच, नचरी) नाँचियो । त्यही बेला सोरठी नाँच्नेहरुले बलिराजाको आख्यान जोडेर नाँच्न गाउन थालेको तिहार पर्व आजभोली फाईलो भन्न छाडेर भैलो भएको छ । त्यही फाईलो–फाईलो भन्ने शब्द अपभ्रश भएपछि कालान्तारमा भैलो हुन गएको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालको हिन्दु सापेक्ष एकजातिय शासन सत्ताले हरेक सँस्कृतिलाई हिन्दुकरण गरे झै फाईलो–देउसी अर्थात हालको भैलोलाई पनि हिन्दुकरण गरेको छ । यो पर्व हिन्दुकरण हुनुको मुल कारण इतिहासकार तथा अध्येताहरु पनि तागाधारी र हिन्दूहरु भएकोले आफूलाई सजिलो हुने गरि सार्वजनिक गर्ने र त्यही अनुसार व्याख्या गर्नाले हो ।

सदियौं देखि लाटा अनि एकात्मक शासन व्यवस्थाबाट पिल्सीदै आएका र अध्ययन, खोज र अनुसन्धानमा खासै चासो नदिने मगर जाति र अन्य जनजातिकै कारण यस्तै मौलिक महत्व बोेकेका अनेकौं हाम्रा सँस्कृतिहरु हिन्दूकरण भएका छन् । मगर राजाको इतिहासग जोडिएको यस्तो ऐतिहासिक पर्वलाई तागाधारीले पुराण कथासंग जोडेर व्याख्या गर्ने गरेका छन् । उसो त उनीहरुले पनि बलिराजालाई दानी व्यक्तित्वका रुपमा व्याख्या गरेर जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावका भनेका छन् । अझ यतिसम्म भन्न भ्याएका छन् की दानव कुलका शक्तिाली बलिराजाले ईन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ रु कसले देखेको छ स्वर्ग रु बलिहाङ राजा ईशापूर्व १४ औ शताब्दीका मगर राजा पाल्पाका थिए भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । उनले कहिल्यै स्वर्ग कब्जा गरेनन् र स्वर्ग भन्ने कस्तो हुन्छ उनले कहिल्यै देखेनन् न त अहिलेसम्म कसैले स्वर्ग देखेको छ । केहि मगर इतिहासकार र अध्येताले यसलाई मगरको इतिहास बग्याउँने प्रपञ्च हो भनेका छन् । बरु बलिराजाले पाल्पा आसपासमा भएका स–साना मगर राज्यहरु कब्जा गरेर शक्तिशाली र निकै दानी राजा भएर बसेका थिए जसमा एकमत छन्, इतिहासकार ।

तर त्यता नलागी हामी संसारमा अस्तित्व रहेको तत्वहरुमाथि छलफल गर्न सक्छौं । बलि हिन्दु पुराणमा उल्लेख प्रसिद्ध दानव राजा हिरण्य कश्यपका पनाती, प्रह्लादका नाति, विरोचन र सुरुचिका छोरा थिए भनिएको छ । यसमा सत्यता भन्दा किंवदन्ती बढ़ी देखिन्छ । पुराण यथार्थसँग कतै गएर मिल्दैन । यो केवल काल्पनिक कथामा संयोगले बली त्यहा“ जोडिन आईपुग्छन् । आधुनिक अनुसन्धानले देखाएको छ, स्वर्ग र नर्क नामको अस्तित्व पुराना धामिर्क पुस्तकहरु बाहेक अन्यत्र कतै छैन । यो ब्रह्माण्डमा केवल नौ वटा ग्रह मात्र छन् । ती ग्रहमध्ये एक पृथ्वी नामक ग्रहमा मानिसको बसोबास छ भने अन्य कुनै स्थानमा मानिसको बसोबास पाईएको छैन । अनि कसरी पत्याउने बलीराजाले ईन्द्रको स्वर्ग भन्ने राज्य कब्जा गरेको रु स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदि त पृथ्वीका विभिन्न भूभाग र दिपहरु हुन् । तथापि पाल्पा राज्य त्यति बेलाको समृद्ध राज्य भएकोले त्यसलाई ‘‘स्वर्ग” भनिएको त होईन, अध्ययनको बिषय चाहि हुनसक्छ ।

बलिराजाले तीनदिनसम्म खुसीयाली मनाउन भनेकाले खास तिहार पनि तीन दिन मात्रै हुन्छ । तीन दिन नै यसलाई धुमधामसँग मनाईन्छ । अहिले लक्ष्मी पूजा भनेर मनाईने दिनदेखि नै तिहार पर्वको रौनक बढ्छ । यो हिन्दु लक्ष्मी पुजा हो या अन्य कुनै देवी धेरै खोजिनीति भएको छैन । तर, यस दिन औंसी अर्थात कालरात्री पर्ने हुनाले त्यतिखेरको प्राकृतिक पुजक मगरहरुले यसलाई महत्व दिएका त होईनन्, सोचनीय छ । किनकी त्यतिन्जेल मगर समुदाय हिन्दुकरण नभैसकेको हुनाले समुदायत रुपमै हिन्दु देवी पुजिनु तर्क संगत देखिदैन । औंसीकै दिन बलिराजालाई काल लिन आएको विश्वास गरिन्छ । त्यही काललाई जितेको दिनदेखि तीनदिनसम्म तिहार मनाईन्छ । केहीले हिन्दु मिथक र त्यसबाट सृजित मान्छेको वहिखाता राख्ने यमराज नभई वली राजालाई लिन आउने त्यहि समुदायले मान्ने अदृश्य शक्ति ‘‘काल” हो पनि भन्ने गरेका छन् । तर यो पर्वमा इतिहास भन्दा पुराणमा प्रयुक्त हुने मिथकका रोमान्चकता बढ़ी आउने हुनाले यो पर्व वास्तविक भएर काल्पनिकताको जगमा उभिएको जस्तै हुन गएको छ । मुलत ः श्रुतिको आधारमा हिन्दु पृष्ठभूमीका अध्येताहरुले यो इतिहास लेखेको हुनाले तिनले आफ्नो मान्यतालाई यसमा मिसाउन खोज्दा यो एउटा कथा जस्तो हुन गएको छ ।

इतिहास जसको हातमा कÞलम छ उसैले हो लेख्ने । त्यसो गर्दा आफ्नो समुदायको स्वार्थ गाँसिन्छ नै । यो पर्वमा पनि त्यो देखिन्छ । चलाख इतिहासकारहरुले यो तिहार पर्वलाई आफ्नो अनुकुल बनाउन यतिसम्म गरेकि तीन दिनको तिहारलाई आफ्नो धर्म यमपञ्चकसँग जोडेर ब्याख्या गरे । मगरको सरोकार नै नभएको यमराजलाई त्यहिं घुसाईयो । मानिलिऊ, प्रकृति पुजक मगरले काग पूजा, कुकुर पूजा, गाई पूजा , गोरु पूजा, भाई टिका लगाउने चलन चलाएका पनि होलान् । किनकी प्रकृतिपुजकहरुले सुयर्Þ, चन्द्र, तारा, वायु र पशुपषी लगायत बनजंगललाई खुशी राख्नुपर्छ भनि पुजा गर्छन् । तर सिन्धु घाँटी हुंदै भारतद्विपमा प्रवेश गरेका आर्यहरुले आफुभन्दा समृद्ध यो सभ्यतालाई काल्पनिक कथासंग जोडेर आदिवासीका संस्कृति र परम्परालाई बर्णशंकर बनाईदिएको करिव सबै इतिहासकारहरुको सहमति देखिन्छ । फाईलो त्यो राजनीतिबाट उम्कन सक्ने कुरै भएन ।

यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र रु पंचायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बली चढाईन्थ्यो, मगर पुजारीद्वारा । पछि तिनलाई पक्राउ गरिएको थियो । अहिले पनि रुकुम रोल्पाका मगरहरुले गाइ काटेर खाने चलन बाँकी नै छ । सांस्कृतिक रुपमा पर्गेल्दा केहि बिदेशी अध्येताहरुले मगरको नेपाल प्रवेश तिब्बतबाट रुकुम हुँदै भएको भनेका छन् । त्यसो त अहिले गाईलाई माता भनि पुज्नेहरुले कुनैबेला यज्ञमै गाईको वली दिई मासु खाने गरेको तिनको शास्त्रमै भेटिन्छ । स्वर्गका देउता भनिएका ईन्द्रले समेत कलिलो गाईको मासु र सुराको बर्णन गरेका छन् । त्यतिबेला गाई, घोड़ा, हात्ती जस्ता प्राणीको वली चढाईन्थ्यो । यो प्रचलन बुद्धकाल सम्म भेटिन्छ । बुद्धले यज्ञका नाममा हुने प्राणी हत्याको विरोध गरेपछि उनी भन्दा क्रान्तिकारी देखिन त्यतिबेलाका पण्डितहरुले गाईलाई माता बनाई पुजा गर्न थालेका हुन् । (रजनीकान्त शास्त्री, हिन्दु धर्मका उत्थान और पतन )

इतिहासकार, अध्येता अर्थात कलम बोकेका तागाधारी लडाकाहरुले काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजालाई आफ्नो शास्त्र अनुकूल ब्याख्या गरि तिहारलाई यमपञ्चक भन्नु भनेको मगरहरुको मौलिक पर्वलाई तोडमोड गर्नु हो । अर्को कुरा फाइलोमै चलाइएको सोरठी नाँचलाई पछिल्लो समय हिन्दुवर्णाश्रममा आधारित बनाइएको छ । यो नाँच र गीतमा हिन्दु राजाको बयान गरिन्छ । तर, वास्तावमा यो नाँच तिनै बलिराजाको कथासँग जोडिएको छ । मगर राजाले स्थापना गरेको मगरको मौलिक पर्व तिहार हिन्दुहरुको मिथकसग जोडेर यम पञ्चक भनेर भ्रम सिर्जना गरिएको छ । अझ पछिलो समय त यतिसम्म गरिएको छ की भैलो–भैलो भन्न छाडेर भैलीको पछाडी राम थपेर भैलीराम भन्दै भट्टयाउने गरिएको छ । फाईलो–फाईलो बाट अपभ्रंश हुदै भैलोसम्म आईपुग्यो । यदि मगरहरुले आफ्नो इतिहासलाई नखोज्ने, अनुसन्धान, अध्ययन नगर्ने हो भने कालान्तरमा हाम्रा पूर्खाहरुले भैलीराम नै भन्नेछन् । अनि मगर राजा बलिहाङले चलाएको एउटा ऐतिहासिक पर्व तिहारलाई पुरै हिन्दुकरण गरिनेछ र भनिनेछ– मगरहरु परापुर्वकाल देखि नै हिन्दु थिए । यदि गम्भीर नहुने हो भने दास बनाउने सबैभन्दा पुरानो र अहिलेसम्म चलिरहेको अचुक यो अस्त्रबाट मगर पहिचान धुलिसात हुनेछ ।

news.mnaoj7@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *