फोर्स मोटर्सको निःशुल्क सर्भिस क्याम्प

फोर्स मोटर्सको सर्भिस क्याम्प पोखरामा सुरु भएको छ । आइतबार सुरु क्याम्प मंगलबारसम्म जारी रहनेछ । भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. पोखरा बुद्धचोकले क्याम्प आयोजना गरेको हो ।क्याम्प अबधिभर फोर्सका सम्पूर्ण सवारीको निःशुल्क परीक्षण तथा सर्भिसिङ गरिने आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । ‘लेबरचार्जमा पनि पूर्ण छुट गरिएको छ,’ उनले भने, ‘फोर्सका ग्राहकको सुविधालाई मध्यनजर गरी क्याम्प आयोजना भएको हो ।’


फोर्सका स्पेयर्स पार्टस् र मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको केसीले जानकारी दिए । बुद्धचोकमा फोर्सको शोरुममै क्याम्प सञ्चालन भइरहेको छ । पहिलो दिन आइतबार क्याम्प अबधिभर फोर्सका सवारीको निःशुल्क परीक्षण गर्न ग्राहकहरुको भिड लागेको केसीले बताए । ‘सोमबार र मंगलबार पनि ग्राहकको भिड लाग्ने हाम्रो विश्वास छ,’ उनले भने ।
फोर्सले हालै पोखरामा पहिलो पटक व्यावसायिक प्रयोजनका लागि १३ सिटे यात्रुबहाक बस पोखरामा भित्र्याएको थियो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. फोर्स मोटर्सको साना हलुका सवारीसाधनको आधिकारिक आयत तथा बिक्री कर्ता हो । साथै प्राइम अटो टेक प्रा.लि. काठमाडौंले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौलागिरीका लागि आधिकारिक बिक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले सबैभन्दा बढी १४ सिट क्षमता भएको क्रुजर लगायत गामा जिप, कार्गो किङ पिकअप, ट्रम्प फोर्टी डेलिभरी भ्यान जस्ता गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
प्रा.लि.को मुख्य कार्यालय गैरीधारा काठमाडौं र शाखा कार्यालय बुद्घचोक पोखरामा छ । यसका सब डिलरहरु, सिद्घार्थ अटो टे«डिङ झापा, के.आर. अटोमोबाइल्स बिराटनगर, मास ग्लोबल मोट्र्स राजविराज, सिद्घान्त अटोमोबाइल्स जनकपुर, रियान मोर्टस चितवन छन् ।