फोनिज कास्कीको अध्यक्षमा एमबी आस्था समावेशीताका लागि हस्तक्षेपकारी भुमिका ः अध्यक्ष गुरुङ

हुम तमु
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको बुधवार पोखरामा सम्पन्न पाँचौ अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ ।समावेशी संचारका लागि हाम्रो अभियान, तमुवानसहितको संविधान संशोधनको पक्षमा पाँचौ जिल्ला अधिवेशन नाराका साथ पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भुपाल गुरुङ, सहसचिवमा बिना थापामगर, कोषाध्यक्ष उमा आले मगर चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा गिता राना मगर, दुर्गा रानामगर, सुशिल श्रेष्ठ, छबि घर्ती मगर, रमेश गुरुङ, सोनिया लामा तामाङ, सम्राट गुरुङ र सुशील ज्वारचन रहनु भएको छ ।
अधिवेशनले प्रादेशिक प्रतिनीधिमा शिला गुरुङ, कञ्चन गुरुङ, सुकबहादुर घले र पर्यवेक्षकहरुमाइन्दिरा गुरुङ र सन्देश श्रेष्ठ चयन हुनुभएको छ ।यसैगरी केन्द्रीय प्रतिनीधिहरुमा हुमबहादुर गुरुङ, सरस्वती गुरुङ, शान्ति गुरुङ, रुद्रबहादुर गुरुङ, राजबहादुर गुरुङ, रुद्रबहादुर श्रीस मगर, खेम सारु मगर, जीतबहादुर गुरुङ, युग गुरुङ, मीना थापामगर, रोशनी गुरुङ र पर्यवेक्षकमा खडकजंग गुरुङ चयन हुनु भएको छ ।
नवनिर्वाचित कार्यसमिति र प्रादेशिक एवं केन्द्रीय प्रतिनीधिहरुलाई निर्वाचन समितिका संयोजक रुद्रबहादुर थापामगरले पद तथा गोपनीयताका सपथ ग्रहण गराउनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष एमबी आस्थाले आफ्नो कार्यकालमा आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्नका लागि अक्षयकोष स्थापनाको पहल गर्ने, समुदायसँग सहकार्यमा कार्यक्रमहरु गर्ने, सञ्चार माध्यमहरुमा मातृभाषाका समाचार कार्यक्रमहरुको लागि पहला गर्ने भन्नुहुदै पत्रकार महासंघको निर्वाचनमा आदिवासी जनजाति पत्रकारको नेतृत्व स्थापित, समावेशीतालाई जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले उठाउदै आएको समावेशीताको मुद्धा सबै भन्दा पहिला पत्रकार महासंघबाट शुरुवात गर्ने बताउनुभयो । समावेशीताका लागि आवाश्यक परे महासंघमा हस्तपेक्षकारी भुमिका निर्वाह आग्रह गर्नुहुदै उहाँले आउदो पत्रकार महासंघको निर्वाचनमा समावेशीताको परिणाम प्रस्तुत गर्न कास्कीमा आदिवासी जनजाति पत्रकारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । यस अघि उद्घाटन समारोहमा उहाँले समानता चाहने र समावेशीताको माग गर्नेलाई जातियताको नाउमा खुट्टा काट्ने धम्की दिएकाहरुले समावेशिता स्विकार्नुपर्ने बताउनुभयो । जातका आधारमा लामो समयदेखि शासकहरु विभेद गरिरहने अनि आदिवासी जनजातिलाई जातियता देख्नेहरुले वास्तविकता बुझ्नुपर्ने बताउनुभयो ।
तमु धिं नेपालकी अध्यक्ष तथा कर्म कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार स्थापनाकर्ता कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै आवाज विहीन आदिवासी जनजातिका आवाज संचार माध्यमहरु बन्नुपर्नेमा त्यसो हुन नसकेका कारण फोनिज स्थापना भएको बताउनुभयो । उहाँले आवाज विहिनका आवाज बुलन्द गर्नका लागि आफुले सानै भए पनि पुरस्कारबाट आदिवासी जनजाति पत्रकारलाई प्रोत्साहित गर्न चाहेको बताउनुभयो ।फोनिजका केन्द्रीय महासचिव तथा कास्कीका निर्वाचन प्रतिनीधि गजुरधन राईले फोनिजवादलाई स्थापित गर्दै समावेशी सञ्चारको अभियानलाई सशक्त बनाउन पत्रकार महासंघलाई समावेशीताको नमुना बताउनुपर्ने बताउनुभयो ।संगठन सचिव मनोज घर्ती मगरले विविधताको मुलुकमा समावेशीताबाट नै मुलुकले समृद्धि पाउने भन्नुहुदै पहिचानसहितको प्रदेश स्थापना गर्न सके मात्रै आदिवासी जनजाति समुदायले अधिकार पाउने बताउनुभयो ।
कार्यक्रममा तथा पत्रकार महासंघ कास्कीका अध्यक्षका प्रत्यासी दिपेन्द्र श्रेष्ठ मन्तव्य व्यक्त गर्नुहुदै हाम्रो महासंघ राम्रो महासंघ निर्माणका लागि आफुलाई सहयोग गर्नु आग्रह गर्नुभयो ।
वानका केन्द्रीय उपाध्यक्ष तथा पत्रकार महासंघ कास्कीका अध्यक्षका प्रत्यासी रमेश पौडेलले आफु जातले आदिवासी जनजाति नभए पनि भावनाले आदिवासी जनजाति भएको भन्दै आफुलाई निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बराल, प्रेस चौतारीका अध्यक्ष माधव वराल, प्रेस सेन्टरका अध्यक्ष विभु भुषाल, आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष पुर्णबहादुर रानामगर, तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव शान्ति गुरुङ, तमु संचारकर्मी संघ केन्द्रीय अध्यक्ष मीना गुरुङ, मगर पत्रकार समाज कास्कीका अध्यक्ष तथा फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुर थापा, तमु ह्युल छोंज धिं कास्कीका सचिव चेतबहादुर गुरुङ, फोनिज पश्चिमाञ्चल क्षेत्री संयोजक देव पचभैया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत उपाध्यक्ष रुद्रबहादुर श्रीस र संचालन सचिव रोशनी गुरुङले गर्नुभएको थियो भने हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
अध्यक्ष मण्डल तथा निर्वाचन समितिका संयोजक रुद्रबहादुर थापा, सदस्य सरस्वती गुरुङ र राजबहादुर गुरुङद्धारा सञ्चालित बन्द सत्रमा सचिव रोशनी गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मीना थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष मण्डलका अध्यक्ष रुद्रबहादुर थापाको अध्यक्षतामा भएको दोश्रो सत्रको कार्यक्रमको संचालन राजबहादुर गुरुङले गर्नुभएको थियो ।
यसै विच नवनिर्वाचित फोनिज कास्कीको पहिलो बैठकले सहयोगीहरु सबैलाई धन्यवाद व्यक्त गरेको छ भने सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष हुमबहादुर गुरुङलाई मनोनयन गरेको छ । सल्लाहकार संयोजक गुरुङलाई पत्रकार महासंघ कास्कीको निर्वाचनमा महासंघलाई समावेशी बनाउन समन्वयकारी भुमिकाका लागि जिम्मेवारी समेत प्रदान गरिएको अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो ।