फोनिज कास्कीको अध्यक्षतामा एम बि आस्था १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन

Today Pokhara
0Shares

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको पाँचौ जिल्ला अधिवेशनलाई भव्यताका साथ आज माघ २६ गते सम्पन भएकोछ  ।भेलाको फोनिजका केन्द्रीय अध्यक्ष उद्घाटन कार्यक्रम प्रमुख अतिथि डण्ड तमु ले उद्घाटन गरेका थिए ।

पाँचौ अधिवेशनका लागि गठित निर्वाचन समितिका संयोजक फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुुर थापा, सदस्यहरु फोनिजका सल्लाहकार राजबहादुर तमु र सल्लाहकार सरस्वती तमु नेतृत्वले सर्वसम्मत र समावेशी नेतृत्व चयन गरेको छ । नया कार्य समिती मान बहादुर घर्तिमगर, एम बि आस्था मगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति घोषण गरेको छ ।

 

 

 

उप अध्यक्षमा दिल प्रसाद तमु ,सचिब भुपाल तमु, कोषाअध्यक्ष उमा आलेमगर ,सह सचिव बिनु थापा मगर , सदस्यमा छबि घर्तिमगर, दुर्गा रानामगर ,शुसिल श्रेष्ट , रमेश तमु ,सोनिया तामाङ ,शुशिल ज्वारचन , सम्रराट तमु , गिता राना मगर सर्वसम्मत चयन भएका छन् । फोनिज कास्कीको कार्यसमिति सर्वसम्मत गठन भएको छ । अधिवेशनमा प्रदेशबाट ४ सद्यस्य र पार्शद पनि चयन गरेको थियो । सबैलाइ निर्वाचन समितिका संयोजक फोनिज कास्कीका संस्थापक अध्यक्ष रुद्रबहादुुर थापा ले खादा लगाइ सम्मान गरेका थिए भने केन्द्रीय अध्यक्ष डण्ड तमु ,महा सचिब गजुरधन राइ , सचिव मनोज घर्तिमगर तम’ धिं नेपालकी अध्यक्ष कर्मा तमु र समतिती छनौटका सदस्यहरुले बधाई तथा धन्यवाद कार्यकालको शुभकामना दिएका थिए । अधिवेशन नयाँबजारस्थित तम’ धिं नेपालमा भएको थियो ।