गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले विहीबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई भदौ ३१ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले विहिबार नै पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानून अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक/एक प्रति जानकारी दिए ।
Leave a Reply