पोखरेली कलाकार सूर्यका चित्रहरु पोर्चुगलमा प्रर्दशनी

पोखरेली कलाकार सूर्य बराइलीका चित्रहरु पोर्चुगलमा दुई महिनाको लागि प्रर्दशनीमा राखिएको छ ।
पोर्चुगलको लिस्वनस्थित ‘एब्रेशो आर्ट ग्यालरी’ मा ‘पेनागा आर्ट एक्जुविसन’ नाम दिएर गरिएको चित्रकला प्रर्दशनीमा नेपालका सूर्य बराइलीसँगै ब्राजिलका फेवियाना भिजामी र गुटेम्बर क्लोका चित्रकला प्रर्दशनीमा राखिएका छन् ।

एब्रेशो नामक पोर्चुगलको सामाजिक संस्थाले गरेको प्रर्दशनीमा कलाकारका चित्र बेचेर आएको रकमको केही प्रतिशत संस्थालाई जाने र उक्त रकम संस्थाले विभिन्न सामाजिक काममा खर्च गर्नेछ ।

नेपालका कलाकार सूर्य बराइलीले प्रर्दशनीमा नेपाली कला, सँस्कृति झल्कने, दैनिक जीवन, मानविय संवेदशिलता र मानव जिवनका भोगाइ शिर्षकका चित्रहरु प्रर्दशनीमा राखेको बताए ।
४० थान चित्रहरु प्रर्दशनीमा राखेकोमा अहिलेसम्म ७ वटा चित्रहरु विक्री भइसकेको सूर्यले जानकारी दिए । उनले प्रर्दशनीमा राखेका चित्रहरु १८ वटा एक्रेलिक रंगका र बाँकी २२ वटा पानी रंगबाट बनेका छन् । चित्रको मुल्य ३ सय ५० यूरोदेखी २ हजार ५ सय युरोसम्म राखिएको छ ।

एब्रेशो नामक संस्थाले खोलेको ग्यालरीको २६ औं स्थापना दिवसको अवसर पारेर जुन ५ अर्थात असार २१ गतेबाट सुरु भएकोे चित्रकला प्रर्दशनी दुई महिनासम्म चल्नेछ । ग्यालरीका क्यूरेटर एवं संचालक मारिया जसेन्ताले अन्तराष्र्टियस्तरमा जसेन्ताले यस्तो प्रर्दशनीले देश विदेशका कलाकारहरुबिच सद्भाव बढाउने काम गर्ने बताइन् ।

कलाकार सूर्यले यसअघि सन् २०१७ मा ‘इमागो मुण्डी आर्ट एक्जुविसन इन इङगल्याण्ड’, ‘हिमालय आर्ट क्याम्प एण्ड एक्जुविसन इन पोखरा’, ‘स्विच आर्ट एक्जुविसन इन मलेसिया’ मा चित्रकला प्रर्दशनी गरिसकेका छन् । चित्रकला सिक्ने क्रममा सूर्यले मोरक्को, भारत, टर्की, रोमानिया, नेदरल्याण्ड र पोर्चुगलको भ्रमण गरेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *