पोखरा १५ का जनप्रतिनिधिलाई रेन्वो एकेडेमिको सम्मान

Today Pokhara
ø;
0Shares

पोखरा लेखनाथ महानगर पालिका कोलपाटनमा रहेको रेन्वो एकेडेमिक होम्स माविले वडाका नवनिर्वाचीत अध्यक्षय सहितका सदस्यहरुलाई सम्मान गरेको छ । पोखरा लेखनाथ महानगर पालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेल, सदस्यहरु रुप बहादुर गुरुङ, तोरण बानिया, पार्वती कार्की र मन्दिरा परिवारलाई विद्यालयको तर्फबाट सम्मान गरेको हो ।

उनीहरुलाई विद्यालयका अध्यक्ष शुषिलराज पराजुली, निदेशक श्रीकृष्ण अधिकारी, प्राचार्य बाबुराम बराल, साहेक प्राचार्य खेमनारायण ढकाल लगायतले, खादा, अबिर र मालाले सम्मान गरे । सम्मान गर्दै अध्यक्ष पराजुलीले जनताका कामलाई छिटो छरितो गरेर सेवा गर्न सुझाब दिए । ‘लामो समय देखी जनप्रतिनिधि नहुदा जनताले सोचे जस्तो सेवा पाउन सकेका थिएनन्,’ पराजुलीले भने ‘जनप्रतिनिधि आए पछि छिटो छरितो सेवा पाउने छन् ।’
त्यसै गरि विद्यालयका निदेशक श्रीकृष्ण अधिकारीले वडा जनताको पहिलो आवश्यकता के हो भने बुझेर सेवा दिन सुझाब दिनु भयो । सम्मान पछि वडा अध्यक्ष प्रकाश पौडेलले आफुहरुले योजना बनाएर जनताका आवश्यकतालाई बुझेर आगाडी बढ्ने बताए । उनले पहिलो चरणमा वडालाई सफा नगर बनाउन अभियान चलाउने बताए ।