पोखरा १४ मा काँग्रेस अगाडी (३१२७)

Today Pokhara
0Shares

पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १४ मा काँग्रेसको अग्रता कायमै छ । वडाध्यक्षका काँग्रेस उम्मेदवार बोध बहादुर कार्कीले एमाले उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्रीलाई १ सय ११ मतान्तरले पछि पारेका छन् । बोधले १ हजार २ सय ७१ मत पाउँदा प्रेमले १ हजार १ सय ६० मत पाए ।
१५ नम्बर वडाबाट महानगरको नेतृत्वमा मिश्रित परिणाम छ । मेयरमा काँग्रेस उम्मेदवार एमाले भन्दा पछाडी छन् । उपमेयरमा पनि एमाले काँग्रेस भन्दा अगाडी देखिएको छ । काँग्रेसका रामजी कुवँरले १ हजार १ सय ७१ मत ल्याए भने एमालेका मान बहादुर जिसीले १ हजार ३ सय ५९ मत ल्याए । काँग्रेस उम्मेदवार सरस्वती गुरुङले १ हजार १ सय ७४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ९१ मत पाईन् ।

१४ नम्बरको मतपरिणाम

नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
११७१ ११७४ १३५९ ११९१
जम्मा १८६७० १७७१२ २०५०१ १९३०६
वडाध्यक्ष १२७१ वडाध्यक्ष ११६०