पोखरा सडक महोत्सवाको निम्तो दिदै रेवान टोली बुटवलमा

 

रेवान पोखराको आयोजनामा पुष १३ देखि शुरु हुने १९ औं संस्कणको पोखरा सडक महोत्सवको प्रचार प्रसारका लागि निस्किएको रेवान टोलीले बुधबार बुटवलको मणिग्राममा पत्रकार सम्मेलन गरि महोत्सवका बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले सडक महोत्सवमा आउन बुटवल, भैरहवा बासीलाई निम्तो दिदै कलासंस्कृती र खानाले भरपुर मनोरञ्जन दिने बताए ।

उनले यस अगाडी संस्करणहरुमा पनि यस क्षेत्रबाट महोत्सव सफलपार्न सहयोग प्राप्त भएको जनाउदै सय वर्ष पनि सहयोगको अपेक्षा राखेको बताए । पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योगवाणिज्य सघका अध्यक्ष लालप्रसाद शर्माले पर्यटकीय नगरी पोखरा र धार्मिक पर्यटकीय सहर बिच पर्यटकी सम्बन्ध बिस्तार गर्न सके नेपाल आर्थिक सम्बुद्धि तर्फ जाने उल्लेख गरे । यसका लागि सडक सञ्जाललाई सहज बनाउनु पर्ने बताए ।

पत्रकार सम्मेलनमा सिद्धार्थ होटल एशोसियसन अफ नेपालका उपाध्यक्ष किशोर जोशीले पोखरा सडक महोत्सव देशकै उत्कृष्ट महोत्सव मध्येको एक भएको बताउदै महोत्वस हेर्न जान प्रदेश नम्बर ५ का बासीलाई अनुरोध गरे । पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, प्रदेश नम्बर ४ उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीब बहादुर कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, परिषद्का पुर्व अध्यक्ष सुर्यबहादुर भुजेल लगाएले महोत्सवमा सबैलाई आउन आग्रह गरे । उनीहरुले पोखरा सडक महोत्सव अन्तराष्ट्रिय स्तरको महोत्सव भइसकेको बताए ।

सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं भन्ने मूल नाराका साथ हुन १९ बर्ष देखि सञ्चालन हुदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आर्कर्षीत गरि पोखरालाई अग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य स्थलको बनेको छ ।

पोखरा र यस क्षेत्रको बरिपरि ओझोलमा परेका कला, संस्कृति र रहनसहनको प्रचार सगै बिदेशी माँझ नेपाली कला संस्कृती चिनाउने र आदान प्रदान गर्ने उद्देश्य महोत्सबको रहेको छ । लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटन सम्मको ३ किलोमिटरको सडकमा हुन लागेको पाँच दिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य आयोजकको छ ।

महोत्सवमा गरिने मनोरन्जन गतिविधिको लागि फेवाताल किनारमा रहेको कोमागाने मैदानमा सम्र्पूण व्यवस्था मिलाएको छ । र्पाकभित्र विभिन्न एक सयभन्दा बढी स्टलहरु राखिने र महोत्सव अवधीभर पर्यटकले सडकमै खानपिन र मनोरञ्जन गरी महोत्सवको मज्जा लिन पाउनेछन् ।

महोत्सवमा राष्टिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारि दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिने रेवान पोखराले सल्लाहकार एंब पुर्ब अध्यक्ष बलराम पहारीले जानकारी दिए ।