पोखरा लेखनाथ महानगर पालिका २० वडाध्यक्षमा सिम गुरुङ

पोखरा लेखनाथ महानगर पालिका वडानम्बर २० मा एमालेका उमेद्वार सिम गुरुङ सहितको प्यानल विजयी भएको छ । गुरुङले १२२३ मत सहित जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्र अधिकारीले ६३१ मत प्राप्त गरे । गुरुङले अधिकारीलाई ५९२ मत अन्तरले पराजित गरेका हुन् । त्यस्तै महिला सदस्यमा एमालेकी लक्ष्मीदेवी सुवेदी १२८९ मत सहित निर्वाचित भइन् भने दलित महिला सदस्यमा अन्बुजा विकले १३२२ मत सहित जित हात पारिन् ।

खुल्ला सदस्यमा एमालेका भिम प्रसाद वास्तोला ११९१ र मोती प्रसाद पौडेल १२०२ मत सहित विजयी भए । वडाध्यक्षमा निर्वाचित गुरुङले यसअघिनै वडाध्यक्ष वापत पाउने तलब सुविधा नलिने र वडाकै विकासमा खर्चिने उद्घोष गरिसकेका छन् ।

पद कांग्रेस एमाले
मेयर 735 1440
उपमेयर 655 1301
वडाध्यक्ष 631 1223
महिला सदस्य 647 1289
दलित सदस्य 675 1322
सदस्य २ 621 1191
783 1202