वडाको अध्यक्षमा कांग्रेस उम्मेदवार राज कुमार गुरुङ १४४६ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेका महेन्द्र कुमार गुरुङले १०२० मत प्राप्त गरे ।
वडाको खुल्ला सदस्यमा सम्मर बहादुर श्रेष्ठ र दिपक बहादुर थापा निर्वाचित भए ।
त्यस्तै महिला सदस्यमा निसा मल्ल तथा दलित महिला सदस्यमा प्रतिमा विक विजयी भए ।
कांग्रेसले हालसम्म २, ३, ४, ९ र १० गरि महानगरको पाँच वटा वडामा प्यानल सहित जित हात परेको छ । यसबाहेक ६ नम्बर वडा को अध्यक्ष मा पनि कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेले १, ५ र ७ मा प्यानल सहित जित हात परेको छ भने वडा ८ मा वडाध्यक्ष जितिसकेको छ ।
वडामा प्रमुख तिन पार्टीले प्राप्त गरेको मत परिणाम यस्तो छ
वडा अध्यक्ष | महिला सदस्य | उत्पीडित महिला सदस्य | खुल्ला सदस्य | खुल्ला सदस्य | |
![]() |
१४४६ | १३३१ | १३४८ | १३५२ | १२६९ |
![]() |
१०२० | ११२१ | १११४ | १०९१ | ११९३ |
![]() |
३०५ | २२५ | २२१ | २५१ | २०२ |
Leave a Reply