युवा उद्यमी सिरोज कोइरालाले पोखरा महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सञ्चार, पर्यटन र आध्यात्म क्षेत्रमा सम्बद्ध उनले पोखरालाई साच्चिकै महानगर बनाउनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको सुनाए । उनको प्रस्तावकमा विष्णुहरि पौडेल र समर्थकमा किशोर ओझा छन् ।
पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने लगायत एजेन्डा लिएर चुनावी मैदानमा उत्रेको उनले बताए ।
पोखरा क्षेत्रमा जग्गा कम भएकाले बहुतले भवनको अवधारणामा जानुपर्ने उनको योजना छ । पोखरा र पर्यटन सधैं जोडिएर आउने गरेकोमा अब पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा विकास गर्ने भिजन आफूसँग रहेको उनको दाबी छ ।
Leave a Reply