पोखरा प्रर्दशनी केन्द्र मेलामा २८५४ औ सोनाम ल्होछार ।
पोखरा २०७४ माघ ६ गते
सुक घले
कास्केली तामाङहरुले मन्जुश्री संबत् २८५४ औ सोनाम ल्होछारको पूर्व सन्ध्यमा पोखरा उद्योग बाणिज्य संघले आयोजना गरिएको पोखरा प्रर्दशनी केन्द्रको मेलामा झांकी ¥याली तामाङ सेलो गित सहित मेलामा आफ्नो मौलिक पहिचान प्रर्दशन गरिएको थियो ।
आयोजकले २८५४ औ सोनाम ल्होछार माघ ४ गते परेको हुनाले तामाङ जातिको राष्टिय पर्व मेलामा धुमधामका साथ आफ्नो राष्टिय पर्व पोखरा प्रर्दशनी केन्द्र मेलामा मनाउन आग्रह गरेको थियो ।
नेपाल तामाङ घेदुङ कास्कीले माघ ४ गते सोनाम ल्होछार होइन फाल्गुन ४ गते हो २०७४ सालको सुर्यपात्रमा राष्टिय बिदा दिएको छ तामाङ जातिमा आफ्नो पर्व भ्रम सृजना भएको छ यो भ्रममा नफस्न सम्पूर्ण तामाङहरुलाई नेपाल तामाङ घेदुङ कास्कीले आग्रह गरिए थियो ।
तामाङ जातिले चन्द्रपात्र हेर्ने चलन छ चन्द्रपात्र अनुसर यसपाली आफ्नो पर्व फागुन ४ गते मात्र २८५४ औ सोनाम ल्होछार परेको छ भन्नु भयो ।
त्यो दिनमा राष्टिय बिदा दिएको छ धुमधामका साथ आफ्नो संस्कृति पर्व मनाउन आग्रह गरिएको थियो । सो ¥याली नया बजारबाट सुरु भएको थियो ¥यालीले मेलाको बजार परिक्रम गरि स्टेजमा गएर झांक्री र तामाङ सेलो गितले मेलामा उपस्थिती दर्शकहरुलाई मनोरन्जन दिलाएको थियो ।
¥यालीमा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङ पूर्व केन्द्रीय कार्यबाहक अध्यक्ष कुम बहादुर तामाङ ४ नं प्रदेश तथा संघीय समाजबादी फोरम कास्की जिल्ला अध्यक्ष दिपक तामाङ, ने.ता.घे कास्की जिल्ला अध्यक्ष कृष्ण बहादुर तामाङ लगायत उपस्थिती रहेको थियो भने कार्यक्रम सचिब सुन्दर तामाङले सन्चालन गरिएको थियो ।
Leave a Reply