पोखरा उपत्यका बृहत सफाइ अभियान

पोखरामा जारी बृहत सफाइ अभियानको ३५ औं श्रृंखलामा डा. रवीन्द्र समीरसँगै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ऐक्यवद्धता जनाएका छन् ।सृजनाचोकदेखि रत्नचोक हुँदै एयरपोर्टसम्म सम्पन्न अभियानमा झण्डै २ टन फोहोर मैला संकलन गरिएको सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालले जानकारी दिएका छन् ।
सफाइ अभियानमा कास्कीका स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाही, मुक्तिनाथ विकास बैंक, विभिन्न आमा समूह, टोल विकास संस्था, जनप्रिय मावि, सरस्वती बोर्डिङ स्कुल, ला ग्राण्डी कलेजलगायत सामाजिक अभियन्ताहरु र स्थानीय वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको वडा नं. ८ का वडासचिव चन्द्रबहादुर गुरुङले बताए ।यसअघि एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले उपस्थित सहभागीलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको समापनमा टोल विकास संस्था समन्वय समिति पोखरा ८ का अध्यक्ष शारदा गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।३६ औं हप्ताको सफाइ अभियान वीपी चोकबाट सुरु हुने जानकारी वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।