पोखरामा रहेर पत्रकारीता गरिरहेका अधिकारीलाई दुई संस्थाले गरे एकैदिन सम्मान 

टुडे पोखरा संवाददाता
0Shares
 फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई एकैदिन दुई संस्थाले सम्मान गरेका छन । पोखरामा रहेर पत्रकारीता गरिरहेका अधिकारीलाई पृथ्वीचोक स्थित हाम्रो दोहोरि साँझ र चिप्लेढुङगामा रहेको गाउँशहर दोहोरि साँझले सम्मान गरेका हुन । पत्रकारिता मार्फत लेपाली लोक संगित, कला  र संस्कृतिको संरक्षणमा योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । हाम्रो दोहोरि साँझले तेस्रो वार्षिक उत्सव श्रष्टा सम्मान एवमं विशेष साँगितिक साँझ– २०७४ मा अधिकारीलाई सम्मान गरेको थियो ।
अधिकारीलाई पोखरा लेखनाथ महानगर पालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले खादा ओढाई सम्मान पत्रले सम्मान गर्नूभएको थियो । हाम्रो दोहोरीको साँगितिक साँझमा वरिष्ठ लोक गायक खडक गर्वुजालाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै गाउँ शहर दोहोरि साँझले हरितालिका तिजको अवसरमा आयोजित दर खाने कार्यक्रममा अधिकारीलाई सम्मान गरेको हो । सम्मानीत व्यक्तित्व अधिकारीले सम्मानले अफुलाई अझै जिम्मेवारी वढाएको वताउदै लोक संस्कृतिको संरक्षणमा निरन्तर लागिरहने वताए ।
अधिकारीलाई गत साउन २८ गते मात्रै पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान)ले पनि सम्मान गरेको थियो ।