पोखराको लेकसाइडमा नेपाली खाना महोत्सव

पोखराको लेकसाइडमा नेपाली खाना महोत्सव
0Shares

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ९रेवान० पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले फेवाताल किनार बाराहीघाट चौरमा असार १३ गते महोत्सवको आयोजना गर्न लागेको जानकारी दिए । ‘दाल, भात, तरकारी र टिमुरको अचार सहितको खाना संसारको कुनै अर्को भान्छामा पाक्दैन’ उनले भने ‘नेपालमा पाक्छ र थकाली खानाको नामले चिनिन्छ । मुस्ताङको सिमीको स्वाद बेजोड हुन्छ ।’

संसारकै सबैभन्दा अग्लो ठाउँमा फल्ने जुम्ली मार्सी धानको भातको समेत स्वाद लिन पाइने भुजेलले बताए । रेवान पोखराका महासचिव गणेश थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली खानाको प्रर्वद्धन, ब्रान्डिङ र बजारीकरण गर्ने उद्देश्यले नेपाली खाना महोत्सवको आयोजना गर्न लागेको बताए ।

Image may contain: text

असार १३ गते शुक्रबार ५ बजे देखी शुरु हुने महोत्सवमा साँगीतिक प्रस्तुती समेत रहने उनले बताए । महोत्सवलाई आगामी वर्षहरुमा निरन्तरता दिने रेवानले जानएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको महोत्सवमा थकाली, नेवारी, गुरुङ र थारु जातिका खाना तथा केराका परिकारहरुको छुट्टाछुट्टै स्वाद लिन सकिने थापाले जानकारी गराए ।

महोत्सवमा ५ वटा स्टल रहनेछन् । पत्रकार सम्मेलनमा रेवान पोखराका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *