पोखराको लखनचोकस्थित प्रथम शहिद लखन थापामगरको शालिक रातारात गायब

टुडे पोखरा संवाददाता
0Shares

पोखराको मुख्यचोक लखन थापामगरचोकस्थित नेपालको प्रथम शहिद लखन थापामगरको शालिक स्थानीय प्रशासनले रातारात गायब गराएको छ ।
दोस्रो जनआन्दोलन अघिसम्म पृथ्वी नारायण शाहको शालिक रहेको स्थानमा राखिएको शहिद थापामगरको शालिकलाई स्थानीय प्रशासनले सोमबार राति डोजर लगाएर भत्काइदिएको हो ।
Image may contain: outdoorदोस्रो जनआन्दोलन पछि देशभर रहेका पूर्व राजाहरुको शालिक भत्काउने अभियानको चपेटामा पृथ्वीचोकस्थित पृथ्वीनारायण शाहको शालिक पनि परेको थियो । पछि सोही स्थानमा नेपाल मगर संघ कास्कीको अगुवाई स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा शहिद लखन थापामगरको शालिक स्थापित गरेका थिए । उक्त शालिकको तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अनावरण गरेका थिए ।
शालिक रहेको आईल्याण्डले सडकको धेरै भाग ओगटेको र त्यसबाट ट्राफिक व्यवस्थापन गर्न समस्या भएको भन्दै शालिकलाई हटाएको प्रशासनले बताएको छ ।
Image may contain: one or more people, people standing and outdoorनेपाल मगर संघ पोखरा र पोखरा लेखनाथ महानगरपालिकाबिच सानो आकारको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापना गर्ने विषयमा पोखरा महानगरपालिकाले छलफल चलाएको थियो । त्यतिबेला महानगरपालिकाले चार मिटरमा रहने गरि लखन थापामगरको शाहिल सोही स्थानमा राख्ने बताएको थियो । तर, रातको समयमा शालिक हटाउनुलाई भने रहस्यमय मानिएको छ ।
दिउसो शालिक हटाउँदा शालिक स्थापना गर्ने समुदायको प्रतिरोधको सामना गर्नुपर्ने हुँदा रातको समयमा शालिक हटाइएको स्थानीय जनजाति अगुवाहरुले आरोप लगाएका छन् ।

प्रशासनले भने दिउसोको समयमा शालिक हटाउँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने भएकाले रातको समय रोजिएको बताएको छ ।
आफुहरुको सहमति विना लखन थापाको शालिक हटाउनु शहिदप्रतिकै अपमान भएको भन्दै नेपाल मगर संघले आपत्ति प्रकट गरेको छ । नेपाल मगर संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले अबिलम्ब लखन थापा मगरको शलिक सोही स्थानमा प्रतिस्थापन नगरे मगर समुदाय लगायत परिवर्तनकारी शक्तिहरु आन्दोलित हुने र यसबाट निस्कने परिणामको जिम्मेवार स्वयम राज्य हुने चेतावनी दिएको छ ।
यस्तै नेपाल मगर विद्यार्थी संघले तत्स्थानमा लखन थापामगरको शालिक स्थापना नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।लखन थापामगरको शालिक हटाइएपछि यसको सबत्र विरोध भएको छ । धेरैले यसलाई प्रतिगामी कदमभन्दै रोष प्रकट गरेका छन् ।

लखन थापामगरको शालिक हटाइएपछि यसको सबत्र विरोध भएको छ । धेरैले यसलाई प्रतिगामी कदमभन्दै रोष प्रकट गरेका छन् ।पोखराको मुख्यचोकमा लखन थापामगर र बिरौटमा तमु ह्युल चोक हुनु पहिचान विरोधीलाई आँखाको कसिंगर भएकोले सडक फराकिलो बनाउने बहानामा शालिक हटाइएको धेरैले आकलन गरेका छन् ।