पोखराको नदीपुरमा घरको गेट भत्काएर मोटरसाइकल चोरी

सुशान्त गाहा मगर

पोखराको नदीपुरमा घरको गेट भत्काएर मोटरसाइकल चोरी भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३, नदिपुर पाण्डेचोक बाट ग १३ प ४५८० नम्बरको निलो रङको २२० सिसिको पल्सर मोटरसाईकल घरको कम्पाउण्ड भित्र रहेको अवस्थामा गेट भत्काएर चोरी भएको हो ।

२४ गते राती पार्किङ गरीएको सो मोटरसाईकल बिहान ५ बजे हेर्दा पार्किङ स्थलमा नभएको मोटरसाईकलका धनी मीन बहादुर गुरुङले बताए । साझको बेला निरन्तर पानी परेको कारण पनि मोटरसाईकल लैजान सजिलो भएको गुरुङको दाबी छ । ठूलो झरीको कारण गेट भत्काउदा समेत सुईको पाउन नसक्दा यो क्षति बेहोर्न परेको गुरुङले वताए ।

गुरुङले भने जिल्ला ट्राफिक कार्यालय कास्कीलाई निबेदन दिएको छु अझ सम्म केही जान्कार आएको छैन । हराएको मोटरसाइकल जो कोहीले कही कतै देखेको खण्डमा नजिकको प्रहरी कार्यालय तथा आफुलाई सम्पर्क गर्न गुरुङले आग्रह गरेका छन । खबर गरिदिनेलाई १० हजार रुपैया प्रदान गर्ने गुरुङले वताएका छन । भेटेको खण्डमा उनको मोवाइल नम्बर ९८०४१३१९१०÷९८०४१५४६८५ मा सम्पर्क गर्न समेत गुरुङले आग्रह गरेका छन ।