पोउवा संघद्वारा क्षेत्रिय प्रशासक तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको स्वागत

Today Pokhara
0Shares

नेपालकै पहिलो महिला क्षेत्रिय प्रशासक श्री यम कुमारी खतिवडाले पोखरा उद्योग वाणिज्य संघले पोखरामा पहिलो स्वागत कार्यक्रम राखेकोमा हार्दिक आभार प्रकट गरे ।
पोखरा उद्योग वाणिज्य संघले उंहाको सम्मानमा विहिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै व्यवसाय संचालन देखि वजार व्यवस्थापन सम्मका कार्यहरुमा आइपर्ने विभिन्न समस्याका वावजुद पनि व्यवसाय गरी सरकारलाई कर तिरिरहनुभएका सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । ७ वर्ष उद्योग मन्त्रालयमा वसी काम गरेको हुंदा उद्योग व्यवसायका समस्याहरुका वारेमा आफुलाई जानकारी भएको उहांले वताउनुभयो । निजि क्षेत्र र सरकारको समन्वयको कमिका कारण अझै पनि व्यवसायीहरुले कठीनाइ झेल्नु परेको हुंदा एउटै विन्दुवाट सेवा प्रवाह गर्नका लागि एकल सेवा प्रवाह सुरु गर्ने सरकारको प्रयास रहेको वताउंदै निजि क्षेत्रका समस्याहरुलाई सरकार सम्म पु¥याउन सरकारी पदाधिकारी समेत रहने गरी २०६७ सालमा नेपाल व्यवसाय मञ्च स्थापना भएतापनी अहिलेको समयमा सक्रियता देखाएको जानकारी गराउनुभयो । निजि क्षेत्रको सहयोग र सहकार्य विना आफ्नो कार्यकाल सफल नहुने वताउंदै पोखरामा रहेसम्म पोखराको समग्र विकासमा पहल गर्ने वचनवद्धता प्रकट गरे ।
स्वागत सम्मानकै क्रममा पोखरा उद्योग वाणिज्य संघले घरेलु तथा साना उद्योग कार्यालय कास्कीका नव आगन्तुक कार्यालय प्रमुख थमनसिंह थापामगर लाई पनि स्वागत गरेको छ । उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गर्दै मझौला तथा ठुला उद्योग आफ्नो कार्य क्षेत्रमा नपर्ने र थप जिम्मेवारी प्राप्त हुन आएमा उद्योग प्रशासन क्षेत्रलाई प्रभावकारी वनाउने उल्लेख गर्नुभयो । निजि क्षेत्रको सहकार्यमा नै उद्योग व्यवसायको क्षेत्रमा थप सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले स्वागत मन्तव्यमा पहिलो पटक पोखराले नेपालकै पहिलो महिला क्षेत्रिय प्रशासकलाई स्वागत गर्न पाउंदा खुसी व्यक्त गर्नुभयो । उहांको ७ वर्षको उद्योग मन्त्रालयको अनुभवका आधारमा पोखराले पनि उद्योग व्यवसायको क्षेत्रमा थप सहयोग प्राप्त गर्ने वताउनुभयो । साथै घरेलु तथा साना उद्योग कार्यालय संग पनि नवआगन्तुक कार्यालय प्रमुखको सहकार्यमा उद्योग व्यवसायका लागि विभिन्न तालिम तथा गोष्ठीको आयोजना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दु कुमार थापाले दर्ता प्रकृया सहज भएपनी खारेज प्रकृया जटिल भएकोले सरल वनाउनुपर्ने तथा थ्री फेज लाइन जडान जस्ता उद्योग व्यवसायको लागि आवश्यक पुर्वाधार जडान गर्ने कार्यमा घरेलु मार्फत नै पहल भए सुविधा प्राप्त हुने वताउनुभयो । त्यस्तै गरी संघका का.स.स. हरु चन्द्र किशोर गौतम, गिता तिवारी गौतम, देव वहादुर (डि.वि.) भुजेल ले आफ्नो जिज्ञासा राख्नुभएको कार्यक्रममा धन्यावद मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र वहादुर प्रजुले राख्नुभएको थियो भने कार्यक्रम संघका महासचिव दामु अधिकारीले संचालन गरेका थिए ।