पोउवासंघको अध्यक्षमा विश्वशंकरसहित समावेशी टिमको नाममा प्यानल सार्वजनिक

Today Pokhara
????????????????????????????????????
0Shares

छवि मगर
पोखरा २४ भदौ ।
पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार विश्वशंकर पालिखेले समावेशी टिमको नाममा चुनावी प्यानल सार्वजनिक भएको छ । अध्यक्षका उम्मेदवार पालिखेले शुक्रबार पोखरामा पत्रकार सम्मेलनमा जातिय र लैङ्गिक आधारमा सवावेशी उमेदवार समावेश गरी टिम तयार गरिएको जानकारी गराए । पालिखे प्यानलको बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्यतर्फ केदार नाथ भट्टराई, महासचिवमा दामु अधिकारी, कोषाध्यक्षमा पवन प्रजापती, उपमहासचिवमा नविन बराल छन् ।
bishwo-1-1सदस्यहरुमा सीता बराल, पवित्रा गुरुङ, गीता तिवारी, अनिल सिग्देल, किसान सुनार, देबकृष्ण काफ्ले, प्रेमप्रसाद पौडेल, प्रेम बहादुर भूजेल, यदुनाथ अधिकारी र सुरेन्द्र बिजुक्छे छन् । ब्यवसायीक र नेतृत्व क्षमताको रुपमा आफ्नो टिम मजवुद रहेको पालिखेले दाबी गरे । पत्रकार सम्मेलनमा पालिखेले प्यानल सहित सम्पूर्ण टिमको तर्फबाट १० बँुदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरे । संघको महाधिवेशन भदौ ३१ र असोज १ मा हुदैछ ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार विश्वशंकर पालिखेले आफ्नो प्रतिबद्धता समेत सार्वजनीक गरेका छन् । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण देखि पोखरालाई सुरक्षित र सफा बनाउने चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् ।
उनले आफु २०६१ सालमा अध्यक्षमा उम्मेदवारी दिएको बेला पनि विमानस्थलको निर्माणको एजेण्डा उठाएको र अहिले पनि आफनो पहिलो एजेण्डा विमानस्थल निर्माणकै रहेको सुनाए । पालिखेले समयमै निर्माण सम्पन्न गर्न र संचालनमा ल्याउन आवश्यक भुमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए । उनले पोखरालाई उद्योग बाणिज्य संघ, हाम्रो संस्था हाम्रा लागी हुनुपर्ने बताए । ‘ब्यवसायीका सवैखालका समस्या निकराकणका लागी पोखरा उद्योग बाणिज्य संघलाई अग्रणी बनाउदै संस्थागत र नीतिगत रुपमै समस्या समाधानका लागी हाम्रो टिमले पहलकदमी लिनेछ’ उनले भने ।
संघको गरिमालाई उच्च राख्दै सम्पूर्ण उद्योगी ब्यवसायहरुको, हित र मर्यादाको संरक्षण गदै समृद्ध पोखराको महान अभियानप्रति प्रतिबद्ध रहेको समेत बताए । उनले समृद्ध पोखरा सपना भएको बताउदै पोखराको समग्र विकास गुरु योजना, प्रारुप र त्यसको प्रभावकारी कार्यान्वयनको खाका बनाएर अभियान सञ्चालन गर्न सकेसमृद्ध पोखरा सम्भव छ भन्ने हाम्रो बुझाई रहेको र यसका लागी कटिबद्ध रहेको बताए ।
पालिखेले पोखराको ४ नम्वर प्रदेशको राजधानी भएकाले समृद्ध, प्राकृतिक श्रोत साधनले सम्पन्न पर्यटन, जलविद्युतको प्रचुर सम्भावितर विप्रेषणका दृष्टिले मनि अत्यन्त महत्पूर्ण प्रदेशका रुपमा राष्टिय विकासमा निर्णार्यक भुमिका रहने बताउदै पोखरा समृद्ध र बनाउनेमा दृढ रहेको प्रतिबद्धतापत्रमार्फत जानकारी गराए ।
सरकारले उठाउने घर बहाल कर ब्यवस्थित बनाउन आवश्यक छ र यसका लागी प्रतिबद्ध रहेको उनले पत्रकार सम्मेलनमा बताए । अध्यक्षका उम्मेदवार पालिखेले नयाँ योजना समेत ल्याए । उनले सम्पूर्ण ब्यवसायीहको सामुहिक विमा तथा हेल्प डेस्कको प्रभावकारी बनाउने चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् । उनले ब्यवसायीहरु आफना काममा ब्यस्त हुन्छौ तर कहिलेकाही अकल्पनीय दुर्घटना पनि हुनसक्छ, त्यस्तो बेला सहयोगको आवश्यक पर्छ, त्यसैले सवै ब्यवसायीहरुको सामुहिक विमा गर्न सके सम्भावित दुर्घटना भइहालेमा थोरै भएपनि राहत मिल्ने विश्वास ब्यक्त गर्दछु उनले भने ।

समावेशी व्यवसायीक टिमको प्रतिबद्धता पत्रको पूर्ण पाठ

‘हाम्रो प्रतिवद्धता :व्यवसायीक हक, हित र समृद्ध पोखरा’

आदरणीय पत्रकार तथा शुभचिन्तक साथीहरु,

पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशन यहि भदौ ३१ र असोज १ गते हुँदैछ । संघको अध्यक्षका लागि म विश्वशंकर पालिखे समावेशी व्यवसायी टिमसहित चुनावमा प्रस्तुत भएको यहाँहरुलाई सर्वविदितै छ । यस पत्रकार भेटघाटको अवसरमा ‘हाम्रो प्रतिबद्धता र समावेशी व्यवसायीक टिमको परिचय गराउन चाहन्छु ।

पोखरा उद्योग वाणिज्य संघको गौरवशाली इतिहास छ । यसको इतिहास जोगाईराख्न र थप गर्विलो बनाउन सबल र सक्षम नेतृत्व आवश्यक छ । ब्यबसायीको हक, हित र समृद्धिका लागि सबै क्षेत्र, वर्ग र लिङ्गलाई समेट्ने गरी हामीले समावेशी व्यवसायीक टिम बनाएको र यसले मात्र सबैको चाहना र उद्धेश्य पूरा गर्ने विश्वाससहित चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छौं ।

१. अन्र्तराष्ट्रिय विमानस्थलको सुनिश्चिता र खबरदारी ः हामी पोखरेलीहरुको अथक प्रयासबाट पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको शिलान्यास सम्पन्न भएको छ । हाम्रो साझा सपनाको रुपमा रहेको यस आयोजनाको निर्माण कार्य सम्पन्न नभएसम्म निरन्तर रुपले सहयोगी, जागरुक र दवाबकारी भूमिका हामी पोखरेलीहरुले निर्वाह गर्नु आवश्यक छ । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थालको निर्माण समृद्ध पोखराको प्रस्थान विन्दु हो । त्यसैले यस आयोजनालाई यथासमय निर्माण सम्पन्न गर्न र सञ्चालनमा ल्याउन आवश्यक भूमिका निर्वाह गर्न हामी हाम्रो प्रतिबद्धता व्यक्त गर्दछौं ।

२. ‘पोखरा उद्योग वाणिज्य संघ, हाम्रो संस्था हाम्रा लागि’ ः व्यवसायीहरुको सबै खालका समस्या निराकरणका लागि पोखरा उद्योग वाणिज्य संघलाई अग्रणी पंक्तिमा राखी संस्थागत रुपमै नीतिगत समस्या समाधानका लागि पहलकदमी लिइनेछ । क्षमता र पहुँचका दृष्टिले उद्योग व्यवसायहिरु अलग÷अलग क्षमताका हुन सक्छन् । तर व्यवसाय र उद्योगीको धर्म निर्वाहका दृष्टिले सबै समान हुन् । त्यसैले पोखरा उद्योग वाणिज्य संघ स्थानिय देखी अन्र्तराष्ट्रिय स्तरका सबै व्यवसायी र उद्योगीहरुको साझा संस्थाका रुपमा रहेको र सँधै रहनुपर्दछ । पोखरा उद्योग वाणिज्य संघ मार्फत उद्योगी व्यवासायीहरुको क्षमता बृद्धि गर्न, थप सक्षमता बढाउन, समय सापेक्ष विभिन्न तालिम, भ्रमण र गोष्ठीहरु नियमित रुपमा आयोजना गरिनेछ । स्वदेश भित्र मात्र होइन अन्र्तराष्ट्रिय सम्बन्ध बिस्तारमा प्रयत्नशिल हुनेछ । यसमा कुनै प्रकारका अन्यथा हुनु हुँदैन । सबै उद्योगी व्यवसायीको पवित्र संगमस्थलका रुपमा यसको अस्तित्व कायम गर्न हामी प्रयत्नरत रहनेछौं । हाम्रा अग्रजहरु अन्धकारको युगमा पनि सम्भावनाको खोजिमा पोखरा व्यापार संघको नाममा दियो बालेर विभिन्न आरोह अवरोह पार गर्दै यसलाई बचाएर राख्न सफल भए । त्यसैले यो पोखरेली उद्योगी÷व्यवसायीहरुको मात्र नभई आम पोखरेलीहरुको पनि आस्थाको केन्द्र बनेको छ । यसको गरिमालाई उच्चो राख्दै सम्पूर्ण उद्योगी व्यवसायहरुको हक, हित र मर्याादाको संरक्षण गर्दै, समृद्ध पोखराको महान अभियान प्रति प्रतिबद्ध रहनेछौं ।

राजस्व संकलनको प्रमुख श्रोतका रुपमा रहेको नीजि क्षेत्रसँग राज्यको व्यवहार मैत्रीपूर्ण हुनु आवश्यक छ । नीति निर्माणमा नीजि क्षेत्रको सकृय सहभागिता राष्ट्रको समृद्धिका लागि अपरिहार्य हुन्छ । आज उद्योगी व्यवासयी मित्रहरुले सरकारका विभिन्न अंगबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गर्नु भएको छ । लगानीको सुरक्षा हुने प्रत्याभूति, उद्योग र व्यवसायले निर्वाधा प्रगति गर्दै मुलुकभित्र यथेष्ट रोजगारी सिर्जन ागर्ने वातावरण र वाह्य लगानीलाई आकर्षित गर्ने नीति निजि क्षेत्रको अपेक्षा हुन् । यी अपेक्षा पूरा गर्न तथा सरोकारवाला कार्यालयमा हुने अनावश्यक झञ्झट व्यहोर्नु नपर्ने वातावरणको निर्माण तर्फ हामी कृयाशिल रहनेछौं ।

३. समृद्ध पोखरा, हाम्रो अभियान ः समृद्ध पोखरा हाम्रो सपना हो । ‘सपना नै विपनाको खाका हो’ यो हाम्रो मूल मन्त्र हो । किनकी सपना नदेखी त्यो सफल हुँदैन । सपना देखेपछि मात्रै त्यसलाई साकार पार्न सकिन्छ । हामीले समृद्ध पोखराको सपना देखेका छौं र त्यसलाई सफल पार्न हामी हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं । त्यसका लागि हामी समृद्ध पोखराको अभियान नै सञ्चालन गर्नेछौं । पोखरेलीलाई सचेत बनाउँदै त्यो अभियानमा सरिक बनाउने हाम्रो योजना छ । पोखराको समग्र विकास गुरु योजना, प्रारुप र त्यसको प्रभावकारी कार्यान्वयनको खाका बनाएर अभियान सञ्चालन गर्न सके समृद्ध पोखरा सम्भब छ भन्ने हाम्रो बुझाई छ र यसका लागि हामी कटिबद्ध छौं ।

४. पोखरा ४ नम्बर प्रदेशको राजधानी ः आज संविधान प्राप्तीसँगै मुलुक संघीय संरचनातर्फ उन्मुख भएको छ । प्रस्तावित प्रादेशिक संरचनाका आधारमा पोखरा प्रदेश नम्बर ४ मा परेको छ । प्राकृतिक श्रोत साधनले सम्पन्न, पर्यटन, जलविद्युतको प्रचुर सम्भावित र विप्रेषण (रेमिट्यान्स) का दृष्टिले पनि अत्यन्त महत्वपूर्ण प्रदेशका रुपमा राष्ट्रिय विकासमा यसको निर्णायक भूमिका रहने निर्विवाद छ । यो प्रदेशको भावी राजधानीका रुपमा पोखराको स्थान सुनिश्चित हुनुका साथै यस प्रदेशको नेतृत्व वहन गर्ने सौभाग्य पाउँदैछ । समृद्ध पोखरा निर्माणसँगै समृद्ध ४ नम्बर प्रदेशको संकल्प लिने यस ऐतिहासिक क्षणमा विकासका निमित्त निरन्तर समर्पित पोखरा उद्योग वाणिज्य संघको नेतृत्व कल्पनाशिल, सवल, दुरदर्शी र समन्वयकारी ढंगले प्रस्तुत हुनुपर्दछ । जसका लागि हामी दृढ रहेको जानकारी गराउँदछौं ।

५. घर बहाल र घर बहाल कर ः घर बहालमा दिदा बेला बखत विवाद उत्पन्न हुने गरेको छ । त्यसैले एउटा मापदण्ड बनाएर घर बहालमा दिने व्यवस्था गर्न आवश्यक छ । त्यस्तै, सरकारले उठाउने घर बहाल कर व्यवस्थित बनाउन आवश्यक छ । यसलाई ब्यबस्थित बनाउनका लागि हामी प्रतिबद्ध छौं ।

६. व्यवसायीहरुको सामुहिक विमा तथा हेल्प डेस्कको प्रभावकारीता ः साना ठूला सबैको व्यवसाय छ । व्यवसाय गर्ने क्रममा सबै आ आफ्नै काममा व्यस्त हुन्छौं । तर कहिलेकाहीं अकल्पनीय दुर्घटना पनि हुनसक्छन् । त्यस्तो बेला सहयोगको आवश्यक पर्छ । त्यसैले सबै ब्यबसायीहरुको सामुहिक विमा गर्न सके सम्भावित दुर्घटना भइहालेमा थोरै भएपनि राहत मिल्ने विश्वास छ । त्यस्तै व्यवसायीलाई पर्न सक्ने समस्या समाधानका लागि सहयोग गर्न स्थापना गरिएको हेल्प डेस्कलाई प्रभावकारी बनाउन आवश्यक छ । यसका लागि हामी प्रतिबद्ध रहेको सहर्ष जानकारी गराउँछौं । त्यस्तै, व्यवसायलाई समयसापेक्ष तथा सहज बनाउन अनलाईन सेवा सञ्चालन गरिनेछ । साथै सचिवालायलाई पनि सबैको पहुँच पु¥याउने उद्धेश्य अनुरुप प्रविधियुक्त बनाइनेछ ।

७. व्यवसायी र मजदुर सम्बन्ध प्रगाढमा प्रयास ः व्यवसायी र मजदुरबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । तर बेलाबेलामा केही व्यवसायी मजदुरबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएकाले यसको समाधानमा उचित कदम चालिनेछ ।

८. पोखराको खानेपानी सुदृढिकरणका लागि पहल गरिने ः पोखरा उद्योग वाणिज्य संघको पहलमा पोखराको खानेपानी सुदृढिकरणको शुरुवात भएको छ । यो कार्य समयमै सम्पन्न गरेर पोखरेलीले शुद्ध र स्वच्छ पिउने पानी पाउने वातावरणका लागि लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

९. ट्राफिक समस्या समाधान लागि पहल ः पोखरामा पछिल्लो क्रममा ट्राफिक समस्या उत्पनन हुन थालेको छ । अब यसको समयमै समाधान नगरेमा झन् जटिल बन्नुका साथै पोखरा कुरुप हुने सम्भावना बढ्दै गएकाले यसको समाधानका लागि पहल थालिनेछ ।

१०. पोखरालाई सुरक्षित र सफा राख्न भूमिका खेल्ने ः पोखरा पर्यटकीय सहर हो । यसलाई सुरक्षित, सफा र हराभरा बनाईराख्नु आजको आवश्यक्ता हो । यसको पहलकदमी पोखरा उद्योग वाणिज्य संघले लिनुपर्दछ र यसका लागि हाम्रो टिम प्रतिबद्ध छ ।

अन्त्यमा हाम्रा अग्रजहरु अन्धकारको युगामा पनि सम्भावनाको खोजीमा पोखरा व्यापार संघको नाममा दियो बालेर विभिन्न आरोह अवरोह पार गर्दै यसलाई बचाएर राख्न सफल भए । त्यसैले यो पोखरेली उद्योगी÷व्यवासइहरुको मात्र नभई आम पोखरेलीहरुको पनि आस्थाको केन्द्र बनेको छ । यसको गरिमालाई उच्चो राख्दै सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक, हित र मर्यादाको संरक्षण गर्दै, समृद्ध पोखराको महान अभियानमा प्रतिबद्ध रहँदै, पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखेसहित समावेशी समूह यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।

यहाँहरुले अघिल्ला दिनहरुमा सदा सर्वदा सहयोग गर्नु भएकै हो । आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग रहने विश्वाससहित धन्यवाद व्यक्त गर्दछु ।

विश्वशंकर पालिखे
अध्यक्ष : समावेशी व्यवसायीक टिम