पृथ्वीनारायण क्याम्पसमा मगर विद्यार्थीहरूको बृहत भेला सम्पन्न

नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले बुधबार बृहत मगर विद्यार्थी भेला सम्पन्न गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्ने आम मगर विद्यार्थीहरूलाई संगठित गर्ने उद्देश्यले गरिएको उक्त भेलामा करिब ४०÷५० जना मगर विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।भेलाले विभिन्न संकाय उपसमिति पनि गठन गरेको छ जसमा व्यवस्थापन संकाय अन्तर्गत अध्यक्षमा कृष्ण मगर, उपाध्यक्षमा तेजकुमारी रासकोटीमगर, सचिवमा प्रतिक्षा पुनमगर, सहसचिवमा सुशिला पुनमगर, कोषाध्यक्षमा सुष्मा पुनमगर र सदस्यहरूमा क्रमशः निशा पुनमगर, समि पुनमगर, देव थापामगर, रविन्द्र रानामगर, कमला मगर, अनु जुग्जालीमगर, समिक्षा थापामगर र विष्णु पुनमगर रहेका छन् ।

त्यस्तै मानविकी संकाय अन्तर्गत अध्यक्षमा विशाल पुनमगर, उपाध्यक्षमा सागर थापा, सचिवमा दिलकुमारी थापामगर, सहसचिवमा मीरा काउचामगर, कोषाध्यक्षमा रोशन पुनमगर सदस्यहरूमा क्रमशः देवी पुनमगर, ममता पुनमगर, सिवानी थापामगर रहेका छन् । त्यस्तै विज्ञान संकाय अन्तर्गत अध्यक्षमा सोनम थापामगर, उपाध्यक्षमा अस्मिता थापामगर, सचिवमा कृष्टि आलेमगर, सह सचिवमा अनिल पुनमगर, कोषाध्यक्षमा आशिष थापामगर र सदस्यमावर्षा घर्तीमगर रहेका छन् । त्यस्तै शिक्षा संकाय अन्तर्गत अध्यक्षमा देवी रानामगर, उपाध्यक्षमा कविता बुढाथोकीमगर, सचिवमा शिला सिञ्जालीमगर, सहसचिवमा रचना थापामगर, कोषाध्यक्षमा सुप्रिया थापामगर र सदस्यमा सृजना थापामगर र विशाल पुनमगर रहेका छन् ।


भेलाका प्रमुख अतिथी एवं नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति सदस्य प्रेम रोकामगरले संगठनमा आवद्ध मगर विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी दिनमा मगर विद्यार्थी र मगर समुदायले उठाउँदै आएको विभिन्न आन्दोलन तथा मुद्धाहरूमा सहभागी हुनको लागि प्रेरित गरेका थिए । यहाँहरू अर्को विश्वविद्यालयमा प्रवेश गर्नुभएको छ रोकामगरले भने, ‘आफ्नो अध्ययनलाई निरन्तरता दिनुका साथै शिक्षामा भएको विभेदको अन्त्यको निम्ति संघर्ष गर्नुपर्दछ ।

’ अबका मगर विद्यार्थीहरू राज्यका हरेक निकायमा प्रवेश गर्नुपर्दछ भन्दै आफ्नो भाषा, संस्कृति, भेषभूषा जस्ता तमाम कुरालाई बचाइराख्नुका साथै अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुन जरुरी भएको बताएका थिए । भेलामा नेपाल मगर विद्यार्थी संघ कास्कीका सचिव प्रेम बुढामगर, मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिका निवर्तमान सह–सचिव कुमार पुनमगर, नेपाल मगर लेखक संघ कास्कीका सदस्य तुलेन्द्र पुनमगरलगायतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । संघका अध्यक्ष ध्रुव रानामगरको अध्यक्षतामा सम्पन्न भेलाका सञ्चालन सचिव निशा पुर्जामगरले गरेका थिए भने संघका सदस्य निशान पुनमगरले स्वागत गरेका थिए ।