पुरानो टुडिखेलमा बिटी कप जारी बुधबार ८ खेल सम्पन्न

0Shares

पोखराको पुरानो टुडिखेल मैदानमा जारी दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा बुधबार दोश्रो चरणका ८ खेल सम्पन्न भएका छन । बुद्धटोल युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको फुटवल प्रतियोगितामा बुधबार सम्पन्न पहिलो खेलमा दिप युनाइटेडले मर्निङ गायजलाई ४–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

दोश्रो खेलमा तारा फुटवल क्लवले इन्द्रेणी एकेडेमीलाई ६–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । तेश्रो खेलमा एल जी एशोसियसनले लेकसाइड ब्वाइजलाई ४–० गोल अन्तरले पाखा लगाउदै अघिल्लो चरणमा प्रवेश ग¥यो । चौथो खेलमा बी १३ ले भदौरे फुटवल क्लवलाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।
पांचौ खेलमा दोब्रा फुटवल क्लवले चैट चैट चैट एलाई १–० गोल अन्तरले पराजित गर्न सफल भयो । छैठौ खेलमा चैट चैट चैट बी र शुक्लागण्डकी भ्याली फुटवल क्लव बीच निर्धारित समयमा गोल हुन नसकेछि पेनाल्टीमा चैट चैट बीले शुक्ला गण्डकीलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

सातौ खेलमा संगमले भिमकाली लाई ४–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयोभने बुधबारको अन्तिम खेलमा एस वाइ सी तनहु र बिटी ब्लु बिच निर्धारित समयमा १ –१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा एस वाइ सी तनहुले ६–५ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । बिटी कपमा बिहीबार दोश्रो चरण अन्तर्गत ८ खेल हुने आयोजक बिटी क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *