उक्त खेलमा नदीपुर युनाइटेडका रविन मानन्धर म्यान अफ दी म्याच घोषित भए । त्यसैगरी सोमबार भएको दोश्रो खेलमा दीप युनाइटेडले योङग एफ सीलाई ४० गोल अन्तरले पराजित ग¥यो । दोश्रो खेलमा योङ एफसीका निश्चल पुन म्यान अफ दी म्याच घोषित भए ।
नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनको स्मृतिमा आयोजित प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक निशान शेरचनले वताए ।
शेरचनका अनुसार प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा मुख्य प्रायोजक नदिपुर जापान, उप प्रायोजक नदिपुर साउदी रहेका छन । प्रतियोगितामा ३० टीमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम बहादुरले खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धि गराउने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिन जरुरी रहेको वताए । उक्त प्रतियोगिताको उद्घाटनमा १६ वर्ष मुनिका नेपालका राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।
Leave a Reply