कास्कीको माछापुच्छ«े गाउँपालिका— ३ मा रहेको आमा स्मृति प्रतिष्ठानको प्रथम वार्षिकसाधारण सभा शुक्रबार घाचोकमा सम्पन्न भएको छ । घाचोकस्थित अन्नपूर्ण मन भिलेजमा भएको साधारणसभाको प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ का प्रतिनिधि सभाका सदस्य माननिय जगत विश्वकर्माले दिप प्रज्जवलन गरि उद्घाटन गरे ।
उद्घाटन पछि बोल्दै विश्वकर्माले संस्था स्थापनाको छोटो अवधिमा नै यति धेरै सकारात्मक
र मर्मस्पर्शी काम गर्न सफल भएकोमा खुसी व्यक्त गरे । प्रतिष्ठानलाई सहयोग गर्ने दाताहरुप्रति जनप्रतिनिधिकोतर्फबाट धन्यवाद ज्ञापन गर्दै विश्वकर्माले जुन लक्ष्य लिएर यस संस्थाको परिकल्पना गरिएको छ त्यो लक्ष्य पूरा गर्न सफलता हासिल गरोस् भन्ने कामना गरे । शिक्षा आर्जनको लागि छात्राबाट सुरुवात गरेर जुन सहयोग प्रतिष्ठानले गरेको त्यो राम्रो काम थालनी भएको उनले बताए । तर सधैँ दात्री निकाय तथा विदेशी सहयोगको मात्र अपेक्षा नगरि स्वदेशी दाताहरुको पनि खोजी गर्नुपर्नेमा उनले जोड दिए । जसको कारण प्रतिष्ठानको योजना दिर्घकालिन रुपमा पूरा गर्न सजिलो होस् उनले भने । त्यसैले प्रतिष्ठानले सामाजिक विकासको लागि ल्याएको योजना स्थानियदाताहरुको लागि अवसर भएकोले स्वदेशमै लगानी गर्न विश्वकर्माले आग्रह गरे ।
प्रतिष्ठानका प्रमुखदाता माथियास मारिया डोल्डले प्रतिष्ठानको अझ सहयोगीको रुपमा काम गर्न चाहेको बताए । माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णा दवाडी, महिला सञ्जालका अध्यक्ष टेकनशोभा गुरुङ, प्रतिष्ठानका सल्लाहकार तोयनाथ शर्मा लम्साल लगायतले प्रतिष्ठानले गरेको कार्य प्रशंसा गरे ।
सोही कार्यक्रममा प्रतिष्ठानका सचिव गुणकर दवाडीले प्रतिष्ठानको प्रगति प्रतिवेदन तथा भावी निति तथा कार्यक्रमको प्रतिवेदन र कोषाध्यक्षको आय व्यय प्रतिवेदन अध्यक्ष बसन्तराज दवाडीले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा घाचोक स्थित मेघराज आधारभुत विद्यालयमा शिक्षक परिचालन गर्नको लागि प्रतिष्ठान ६५ हजार सहयोग गरेको थियो । उक्त रकमको चेक प्रमुख अतिथि र प्रमुखदाताले विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेललाई हस्तान्तरण गरे ।
आमा स्मृति प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानले अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छात्रा लक्ष्मी रानाभाटले र सञ्चालन प्रतिष्ठानका सदस्य हरिशचन्द्र लम्सालले गरेका थिए ।
प्रतिष्ठानले शिक्षाका लागि विद्यालयहरुमा सहयोग, महिला सशक्तिकरणका विविध कार्यक्रम, बृद्धाश्रम निर्माण तथा सञ्चालनका लागि पहल, गरिब तथा असाहाय छात्राको उच्च शिक्षाको लागि छात्रावृत्ति वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Leave a Reply