पत्रकार महासंघ र फोनिज कार्यसमितिलाई मगर संघको सम्मान

उमा आलेमगर
नेपाल मगर संघ कास्की र नेपाल मगर पत्रकार महासंघ कास्कीले नेपाल पत्रकार महासंघ कास्की र आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) कास्कीको कार्यसमितिलाई आज पोखरामा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एम.बी. आस्था मगरलाई सम्मानपत्र, फेटा , खादा लगाएर तथा अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बराललगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालमगरले पत्रकारले आफ्नो पेशागत धर्म पूरा गर्नुपर्नेमा जोड दिए । सत्यतथ्य समाचार जनता समक्ष पु¥याएर सुसुचित गराउनुपर्ने पत्रकारिताको धर्म भएकाले त्यसलाई नबिर्सन आग्रह गरे आदिबासी जनजातिका समाचरहरुलाइ पनि स्थान दिन अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार महासंघ र मगर संघको सम्बन्ध प्रगाढ बनाउन पत्रकार महासंघ सधैँ लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । आदिवासी जनजातिको समाचारलाई सञ्चारमाध्यमले ठाउँ नदिएको गुनासो जुन छ त्यसको लागि जनजाति पत्रकार संगठनहरुले समाचार सम्प्रेषणमा सहजीकरण गर्नुपर्ने उहाँको भनाई थियो
कार्यक्रमा काबेला संचार माध्यमा ,प्रत्रकारहरुलाइ जानकारी गरादिन आग्रह गरे समाचर नआउनुको कार कमिनीकेस्नको कमले गर्दा हुनेब ताए । उहाँले आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा हाम्रो नभई राम्रो नेता चुन्न पनि आग्रह गरे ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष एम बी आस्था मगरले सम्मानले जिम्मेवारी बढेको अनुभव भएको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल मगर संघसँग सहकार्य गरेर अगाडी बड्ने बताउनुभयो । सोही अवसरमा नेपाली नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर पत्रकार महासंघ कास्कीका अध्यक्ष रुद्र हितान मगरले कार्यक्रमको उद्देश्य, मगर संघ कास्कीका उपाध्यक्ष मेजर प्रेमबहादुर थापामगरले स्वागत तथा सचिव याम थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।