पत्रकार महासंघ कास्कीमा श्रेष्ठ विजयी

पत्रकार महासंघ कास्कीको १० औं अधिवेसनबाट दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । शुक्रबार भएको मतदानको अन्तिम मतगणना परिणाममा अध्यक्षका प्रत्यासी रमेश पौडेललाई मात्र २० मतले पराजित गर्दै उनी आगामी ३ वर्षे कार्यकालका लागि विजयी भएका हुन् । उनी प्रेस चौतारी प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।विजयी श्रेष्ठले १५५ मत ल्याएका छन् भने प्रेस युनियनका पराजित पौडेलको पक्षमा १३३ मत परेको छ । उपाध्यक्षमा त्रिभुवन पौडेल विजयी भए । उनले १७९ मत ल्याएका छन् । पराजित यदुनाथ बंजाराले ११० मत ल्याए । उपाध्यक्ष महिलामा बिमला भण्डारी विजयी भइन् । उनको पक्षमा १३८ मत परेको छ । निकटमतम् प्रतिष्पर्धी स्मीता अधिकारीले १२५ र ईश्वरी पौडेलले २१ मत प्राप्त गरिन् । पौडेलको स्वतन्त्र उम्मेदवारी परेको थियो ।सचिवमा १५० ल्याउँदै रामप्रसाद तिमिल्सेना विजयी भए । उनले बासुदेव मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १३२ मत ल्याए ।

 

सहसचिवमा दीननाथ बराल विजयी भए । उनले १६२ मत ल्याउँदाका निकटतम् प्रतिष्पर्धी फडिन्द्र अकिंचनले १२१ मत ल्याएका छन् । सहसचिव समावेशीतर्फ दीपक परियार विजयी भए । उनले १६७ मत ल्याउँदा उनका प्रतिष्पर्धी भूपाल गुरुङले ११० मत ल्याए ।कोषाध्यक्षमा सञ्जय मल्लले १४७ मत ल्याउँदै विजयी हुँदा पराजित बसन्तराज अधिकारीले १३४ मत ल्याएका छन् ।पदाधिकारीमा उपाध्यक्ष महिलामा विजयी बिमला भण्डारी र सहसचिवमा दीननाथ बराल बाहेक अन्य पद चौतारी पक्षमा परेको छ ।सदस्य खुलामा विजयी ८ मध्ये सुरेन्द्र पौडेल १८५, रञ्जन अधिकारी १८०, एकराज गिरी १७४, कृष्ण दवाडी १६७, मनोज घर्तीमगर १५८, कमल पौडेल ‘अथक’ १४८, प्रकाश ढकाल १३१ र सुरज श्रेष्ठ १२८ छन् । सदस्यमा विजयीमध्ये कमल पौडेल अथक र प्रकाश ढकाल प्रेस युनियन प्यानलबाट विजयी भएका हुन् । उक्त पदमा पराजित हुनेमा शिवराज बस्ताकोटी ११४, सन्तोष सुवेदी ११०, हेमराज अधिकारी १०९, बिमला थापा १००, दिलप्रसाद गुरुङ ९८, प्रल्हादचन्द्र घिमिरे ९३, श्रीभद्र पौडेल ८७, र परशुराम शर्मा ८२ छन् ।

 

सदस्य समावेशी जनजातितर्फ गीता रानामगर विजयी भए । उनले १५९ मत ल्याएका छन् । शिलादेवी गुरुङले ११३ मत ल्याइन् । सदस्य समावेशी महिलातर्फ उमा आलेमगरले १६४ मत ल्याउँदै विजयी भइन् । पराजित ज्योति हमालले १०९ मत ल्याइन् । विजयी गीता र उमा चौतारी प्यानल हुन् । यसअघि समावेशी अल्पसंख्यकतर्फ जैनव खातुन र दलिततर्फ रेम बिक निर्विरोध भैसकेका छन् ।