नेपाल पत्रकार महासंघ कास्कीले फागुपुर्णिमा (होलि) पर्व आईतबार महासंघ परिसरमै हर्षोउस्लासका साथ मनाएको छ । विभिन्न संचार माध्यमहरुमा आवद्ध पत्रकारहरु एक आपसमा रंग लगायर शुभकामना आदान प्रदान गरी होली पर्व यस बर्ष पनि महासंघ कास्की शाखामा हर्स उल्लाहासका साथ मनाईएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनु भयो। पत्रकारहरु संगै एकै थलोमा भेला भयर होली पर्व मनाउदा मनोरन्जन हुनुका साथै एक आपसमा मित्र भाव बढेको श्रेष्ठले बताए ।
होली पर्वको अवसरमा महासंघमा धेरै पत्रकारहरु सहभागि भएर होली पर्व हर्षोउल्लासका साथ मनाईरहदा आगामी बर्षमा देशको दिगो शान्तिको कामना सहित पत्रकारहरुले होली पर्व मनाएको महासंघ कास्कीका सह–सचिव एवं उक्त कार्यक्रमका संयोजकत्व दीननाथ बरालले बताए । कार्यक्रम सफला पार्न सहयोग गर्नु हुने सम्पुर्ण टिमलाई बरालले धन्यवाद समेत ज्ञापन गरेका छन ।