पत्रकार महासंघको ज्याकेटले पत्रकारको सुरक्षा गर्ने

नेपाल पत्रकार महासंघको लोगो अंकित ज्याकेट लगाएर रिपोर्टिङ गर्दा पत्रकारको सुरक्षामा सहयोग पुग्ने पत्रकारहरुले बताएका छन् ।सुक्रबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा ज्याकेट वितरण कार्यक्रममा बोल्ने पत्रकारहरुले उक्त कुरा बताएका हुन । पत्रकारहरु रिपोटिङ गर्दा पहिचान र एकरुपता हुने भएकोले बिशेष अबस्थामा ज्याकेटको महत्व हुने सहभागिहरुले बताएका हुन् ।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष संजय मल्ल, सह–सचिव दीननाथ बराल, पत्रकार गोकुल वानिँया लगायतले उक्त ज्याकेट विशेष परिस्थितिमा लगाएर रिपोर्टिङ गर्दा सुरक्षाकर्मीहरु तथा अन्य संघ संस्थामा आवद्ध व्यक्तिहरुबाट पत्रकारलाई सुरक्षा दिन सहज हुनेमा जोड दिएका थिए ।महासंघले पहिलो चरणमा ५५ थान निलो रंगको महासंघको लोगो अंकित ज्याकेट बनाएको हो ।