पोखरा। पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’सार्वजनिक भएको छ। सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो ।
भिडिओ
पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्वर रहेको छ । लयरशब्द सुरेश गन्धर्वको रहेको छ । केशव बडुले एरेन्ज तथा बिपिन खड्काले सम्पादन गर्नुभएको छ । दिपक बस्नेत र शिशिर कंडेलको कोरियोग्राफर रहेको म्युजिक भिडिओको छायाङकन नरसिङ्ग चौधरीले गर्नुभएको छ । उज्यालो अभियान मिडिया नेपालगन्ज स्टुडियोमा गितको रेकर्ड गरिएको छ । भने उज्यालो अभियान मिडिया प्रा।लिले म्युजिक भिडिओ निर्माण गरेकोे छ ।
‘झ्याउरे लयमा बनेको गित राम्रो भएको छ,’–गायक तथा पत्रकार घर्ति मगरले भन्नुभयो ,‘यो भन्दा अगाडीका कौरा एवम् झ्याउरे लगायतका गित रुचाएको हुनाले यो गितलाई पनि आम दर्शकले रुचाइदिनुहुन्छ भन्ने आशा गरेको छु ।’
चाडपर्वको समयमा प्रदेशी र घरदेशीको मर्मलाई म्युजिक भिडिओमा झल्काउन खोजिएको छ । पत्रकार तथा गायक घर्ति मगरले निर्देशन गर्नुभएको म्युजिक भिडिओमा घर्ति मगर सहित कलाकार तिर्सना वली ,सुरेश गन्धर्व लगायत अन्य कलाकारहरुको समेत अभियनय रहेको छ ।