पत्रकार घर्तीमगर स्याङ्जामा सम्मानित

पत्रकार घर्तीमगर स्याङ्जामा सम्मानित
0Shares

‘दोस्रो लत्रेपिपल माझबिनी मेला–२०७५’ का अवसरमा पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन् । लत्रेपिपल क्लबले शनिबार चलेको मेलामा ढेड दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

नागरिक दैनिक/शुक्रबार साप्ताहिकका कार्यरत घर्तीमगरलाई कार्यक्रमका प्रमुख अतिथि ढोरबाराही ज्वेलर्सका संचालक बाबुराम सुनारले दोसल्ला ओडाइदिएका थिए भने विशिष्ट अतिथि गोर्खा ब्रुअरीका संचालक पृथ्वी थकालीले सम्मानपत्र प्रदान गरि सम्मानित गरेका थिए । यस्तै लत्रेपिल क्लबका अध्यक्ष धुव्र शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

पत्रकार घर्तीमगरले खोजमुलक रिपोर्टिङमा विशेष दख्खल राख्छन् । फिचर लेखनमा राम्रो क्षमता भएका उनले पछिल्लो सयम कला÷साहित्य क्षेत्रसँग सम्बन्धित रहेर बढी रिपोर्टिङ गर्छन् । ‘भर्तीको फन्दा’ किताब लेखिसकेका उनले सामाजिक मुद्धामा समेत कलम चलाउँदै आएका छन् ।

लत्रेपिपल क्लबले शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका वडा नं. ३ लत्रेपिपल आयोजना भएको कार्यक्रममा दर्शकसँग कुनै शुल्क नलिएर मेला हेर्ने अवसर जुराइदिएको थियो । स्याङ्जामा हुने विभिन्न मेलामा टिकट नबेचेर गरिएको यो पहिलो कार्यक्रम हो ।

निःशुल्क प्रवेश गरिएपछि दर्शकको चाप त हुने नै भयो । बस्ने ठाउँ नभएपछि खेत अनि खेतका आलिमा बसेरै भए पनि दर्शकले भरपुर मनोरञ्जन लिए । सांगीतिक कार्यक्रमको मेलो चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले सुरु गरे ।

आफ्नै घर छेउको कार्यक्रममा स्टेज चढेका पशुपतिले आफ्ना चलेका/नचलेका गीतका केही टुक्का गाए । उनले गीत गाएर दर्शकको रुपमा जम्मामा आएका आफ्नै गाउँका दाजुभाई, दिदीबहिनी, आमा बाबा, काकाकाकीलाई भरपुर मनोरन्जन दिलाए ।

गायक राजन कार्कीले उनको पछिल्लो समय चर्चित गीत ‘पान खायो मायाले…’ गाएर दर्शकलाई नचाए । कार्कीले नै घनश्याम रिजालसँगै मिलेर ‘मेरो भाइ सुनको टुकुरो…’रत्यौली लगायतका गीत गाएर थप मनोरञ्जन दिए ।

यसैगरी कलाकारहरु सम्झना भण्डारी, तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपालीको प्रस्तुतीमा दर्शक मन्त्रमुग्ध बने । भद्रगोल टेलिसिरियलका पाँडे र जिग्रीको प्रहसनले दर्शकलाई मजाले हसाउन सफल भए । अन्य स्थानीय कलाकारको प्रस्तुतीले सुनमा सुगन्ध थप्यो ।

कार्यक्रमको रमेशराज भट्टराईले धमका पिटे । गायक रमेशराज जब स्टेज चढे, दर्शकको हुटिङले लत्रेपपिल गुञ्जियो । माइक समाउन नपाउँदै रमेशराजले भने,‘अब बबाल भो गीतमा धुलो उडाउने हो ।’

त्यसपछि उनले गाए आफ्नो सदाबहादर गीत ‘माया लाको उनले मैले दुनियालाई के सवाल भो, आज पनि पापी शहरमा बबाल भो…’ । रमेशराजले यो गीत गाउँदा दर्शक उफ्रिउफ्रि नाँचे । उनले आफ्ना अन्य चर्चित गीत गाएरपछि अन्तिममा ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई…’ गाए । दर्शकले वान्स मोर गरेर उनलाई बबाल भो नै गीत फर्माइस गरे ।

रमेशराजले गीत गाउँदा खेतको धुलो उडेर दर्शदिर्घालाई कुइरोमा हराएजस्तै बनेको थियो । उनले दोहो¥याएर गीत गाए पनि वान्समोर आउन छाडेन । लत्रेपिपल क्लबले गरेको दोस्रो सँस्करणको मेलामा कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्ने दर्शक, प्रायोजक, सहप्रायोजक र सहयोगीलाई क्लबका कोषाध्यक्ष मनोज मल्लले धन्यवाद दिए ।

कार्यक्रममा लत्रेपिपल क्लबका अध्यक्ष धु्रब शर्माले क्लबका तर्फबाट कार्यक्रमको मुख्य प्रायोजन गर्ने ढोरबाराही ज्वेलर्सका संचालक बाबुराम सुनार र रामप्यारी सुनार, विशिष्ट प्रायोजक एभरेष्ट बु्रअरीका संचालक पृथ्वी थकाली, अन्य प्रयोजक कलाकारहरुलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *