‘पञ्चेबाजा’ को फस्टलुक सार्वजनिक

पोखरेली निर्देशक घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘पञ्चेबाजा’को दुई फस्टलुक सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्म भने फागुन ११ गते रिलिज हुनेछ । फिल्मको फस्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय छ ।
‘फिल्मको नाम अनुसार फिल्म पनि मौलिक बनाएकाले दर्शकको रोजाईमा पर्नेछ’ निर्देशक घनश्याम लामिछानेले भने,‘गाउँका तीन युवाको कथा वरीपरी फिल्म घुम्नेछ ।’ घनश्यामले यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका छन् । निर्माता शाहीले पनि ‘कवच’, ‘मेरो मनको साथी’, ‘बीच बाटो’ निर्माण गरिसकेका छन् ।सारा गुरुङ सहनिर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने र कुमार आचार्यको मिडिया संयोजन र हरि घले लामाको छायांकन छ ।
तस्वीर पनि छ।