नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको नियमित सातौं बैठक तथा विस्तारित बैठक पोखरामा

Today Pokhara
0Shares

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिको नियमित सातौं बैठक तथा विस्तारित बैठक मंगलबार पोखरामा बसेको छ ।
बैठकमा संघका महासचिव दलबहादुर बिरकट्टामगरले दिएको राजीनामा स्वीकृत गरि उनलाई संघको विभागिय प्रमुखको जिम्मेवारी दिइएको छ ।
बैठकले संघका सचिव भिमबहादुर रानामगरलाई महासचिवमा बढुवा गरेको छ । यस्तै कोषाध्यक्ष धनकेशर सूर्यबंशीमगरलाई सचिवमा बढुवा गरि तत्कालका लागि कोषाध्यक्षको जिम्मेवारी पनि दिइएको संघका केन्द्रिय अध्यक्ष हुमबहादुर थापामगरले जानकारी दिए । बैठबले केन्द्रिय सदस्यमध्ये एक जनालाई कोषाध्यक्षमा बढुवा गर्ने जिम्मा अध्यक्षलाई दिएको छ ।
बैठकमा केन्द्रिय सदस्यहरु तथा काठमाडौं, ललितपुर, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, रुपन्देही, चितवन, स्याङ्जाका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको थियो । बैठकले ब्रिगेडियर जर्नेल श्याम थापाका ९३ वर्षिय बुवा देउविर थापाको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको थियो ।