नेपाल बङ्गलादेश बैंकको ४२ औं शाखा पर्वतको कुश्मा बजारमा

बंगलादेश र नेपालको संयूक्त लगानी रहेको वाणिज्य बैंक, नेपाल बङ्गलादेश बैंक लिमिटेडले पर्वतमा आफ्नो आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

 


विस्तारका क्रममा पर्वत जिल्लाको कुश्मा न.पा.वडा नं. १० कुश्मा बजारमा आफ्नो ४२ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री हरि ओम शर्मा लामिछाने को उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैँकका डेप्ुाटि गर्भनर शिवराज श्रेष्ठद्धारा गरिएको थियो ।
यसअघि नेपालभर ४१ शाखाबाट सुविधा दिदैँ आएको बैंकले आफ्नो ३९ औँ एटिएम् काउन्टरसमेत सञ्चालनमा ल्याएको छ । बैंकको ब्त्ः को समुद्घाटन कार्यक्रमका विशिष्ट अतिथी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनीद्धारा गरिएको थियो । साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । यस अघि बैंकले आफ्नो ४१ औं शाखो बझाङ्ग जिल्लाको चैनपुरमा सञ्चालनमा ल्याएको थियो ।
आधुनिक सेवा र भरपर्दो सुविधा दिदैँ आएको कुश्मा बजार शाखा सहित बैंकले ४२ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३९ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधादिंदै आएको कुरा पनि जानकारी गराएको छ । बैंकको आ.व. २०७३÷७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.५४.०६ करोड रहेको छ ।