नेपाल प्लस प्रालिद्धारा अनलाइन रेडियो र टेलिभिजनको नियमित प्रशारण गर्ने उद्घघोष

Today Pokhara
0Shares

नेपाल प्लस प्रालिद्धारा संचालित अनलाइन रेडियो तथा टेलिभिजन नेपाल प्लस रेडियो एंव टेलिभिजनको आइतबारदेखी नियमित प्रशारण हुने भएको छ ।
प्रालिले विहीबार सभागृह र सिर्जनाचोकको बिममा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि रेडियो र टिभीको नियमित प्रशारण गर्ने जनाएको हो ।
प्रालिका प्रबन्ध निर्देशक नरमाया रसाइलीले अनलाइन रेडियो र टेलिभजिन संचालनका लागि आवश्यक सबै बैधानिक प्रक्रिया पूरा गरि परिक्षण प्रशारण भइरहेको जानकारी दिइन् ।
‘देशदेखी परदेशसम्म’ भन्ने उद्घोषसहित संचालनमा रहेको रेडियोले अनलाइनबाट आमा जनमानसमा सूचना प्रबाह गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक रसाइलीले बताइन् । स्थानीयस्तरका हरेक गतिविधिलाई विश्व समुदायसम्म पहिचान र देशदेखी परदेशसम्म छरिएर रहेका नेपालीका सीप, क्षमता, पर्यटन विकास र नेपाली भाषा, कला, साहित्य र संगीतलाइए उजागर गर्दै सम्भावनाको खोजी गर्ने प्रालिको मुख्य उद्देश्य रहेको पनि प्रबन्ध निर्देशक रसाइलिले सुनाइन् ।